औषधि ब्यबस्था बिभागसंग सम्बन्धित समस्याहरुलाई बिशेष प्राथमिकतामा राखेर काम गर्नेछु ः अध्यक्षका प्रत्यासी रितेश रिमाल
पुष २३, २०८०, सोमबार | दिउँसो ०२:१८ बजे | 30
भरतपुर । नेपाल पशुपंक्षी औषधी ब्यबसायी संधको भोलिबाट शुरु हुने आसन्न १४ औ केन्द्रिय महाधिबेशनमा अध्यक्षमा उम्मेदवारी दिनु भएका बर्तमान केन्द्रिय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष रितेश रिमालले औषधि ब्यबस्था बिभागसंग सम्बन्धित ब्यबसायीका समस्याहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
केन्द्रिय कार्यसमितिमा सदस्य, कोषाध्यक्ष, सल्लाहकार, बरिष्ठ उपाध्यक्ष र केहि अबधि कार्यबाहक अध्यक्ष समेतको जिम्मेबारी सफलतापुर्बक निभाई सकेका रिमालले औषधि ब्यबस्था बिभागबाट दिइने ब्यबसायी तालिम, रिफ्रेसर तालिम र बैकल्पिक ब्यबसायीको ब्यबस्था गर्नको लागि उचित एब दबाबमुलक पहल गर्ने बताउनुभयो।
उम्मेदवार रिमालले बिभागमा पसल नवीकरणको अबधी पाँच बर्ष बनाउने साथै नबिकरणको बेला ब्यबसायी आफै उपस्थित हुनु पर्ने ब्यबस्था हटाउनको लागि पहल गर्ने बताए। गुणस्तरीय औषधि , एमआरपि भएको औषधि र दर्ता भएका औषधिहरुको ई– बुकलेट प्रकाशित गरेर खुद्रा ब्यबसायीहरुले ब्यबहारिक रुपमा भोग्नु परेका कानुनी झन्झट बाट मुक्त गराउने देखि औषधि ब्यबस्था बिभागमा दर्ता नभई पेन्डिङ्ग रहेका औषधिहरुको दर्ता प्रक्रिया फास्ट ट्राक बाट छिटो दर्ता गराउन पहल गर्ने सम्मका आफ्ना चुनाबी प्रतिबद्दताहरु उहाले सार्बजनिक गर्नु भयो।
उहाले भन्नु भयो, “नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल औषधि ब्यबसायी संघ जस्ता एसोसिएट संस्थाहरु सित संयुक्त अन्तर्क्रिरया कार्यक्रमको आयोजना गरि ब्यबसायीका बास्तबिक समस्या पहिचान गरेर सम्बन्धित निकायमा समाधानको लागि संयुक्त रुपमा पहल गर्ने्छु। “
अध्यक्षका उम्मेदवार रिमालले ब्यबसायीका भैपरी आउने समस्या र पिर मर्का समाधानको लागि आफु हरसमय उपलब्द्द हुनुका साथै आफु सदैब ब्यबसायी संगसंगै चट्टान झै उभिने बताउनु भयो।