निर्वाचनको विकल्प केवल निर्वाचन मात्र हो


पुष २३, २०८०, सोमबार | दिउँसो ०१:४७ बजे | 70


निर्वाचनको विकल्प केवल निर्वाचन मात्र हो

नविना श्रेष्ठ नेपाल स्काउट निर्वाचन सम्बन्धमा पौष २३ गते सोमबारका दिन नेपाल स्काउट ऐन २०५० को दफा ९ बमोजिम नेपाल स्काउटका प्रमुख स्काउट एवं राष्ट्रिय परिषद्का अध्यक्ष माननिय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको अध्यक्षतामा बसेको नेपाल स्काउट राष्ट्रिय परिषद्को बैठकले “हाल प्रक्रियामा रहेको नेपाल स्काउटको निर्वाचन सम्बन्धमा परेको गुनासो र उजुरीहरुलाई दृष्टीगत गरि राष्ट्रिय तदर्थ समिति द्वारा घोषणा गरिएको छ। निर्वाचन स्थगित गर्न निर्देशन दिने र नेपाल स्काउट निर्वाचन निर्देशिका २०७८ लाई सार्वजनीक सुझाव समेत लिई संसोधन गरि ३५ दिन भित्र निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाई राष्ट्रिय परिषद्लाई जानकारी गराउन नेपाल स्काउट ऐन २०५० को दफा ८ (१) को ‘ख’ बमोजिम नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति तथा राष्ट्रिय प्रधान कार्यालयलाई निर्देशन दिने” भनि निर्णय भएको छ। नेपाल स्काउट स्थानिय परिषद् सदस्य निर्वाचनका लागि पौष २२ गते मनोनयन दर्ता गराएका उम्मेद्वारहरु यथावत रहने र इःच्क् पोर्टलमा दर्ता भएका मतदाता तथा सदस्यहरु पनि यथावत कायम रहने जानकारी गराईएको छ।साथै पुर्वनिर्धारित निर्वाचन सम्बन्धी अन्य कार्यक्रमहरुको पुननिर्धारण गर्ने गरि आगामि माघ २८ गते भित्रमा निर्वाचनका सम्पुर्ण कार्यक्रमहरु सम्पन्न गर्ने र हालका लागि मतदाता नामावलीमा छुट भएका स्काउटरहरुको हकमा नाम दर्ता तथा नविकरण गर्न पुनः आह्वान गरिएको छ। युनिट दर्ता गर्न नेपाल स्काउट सदस्यता दर्ता पोर्टल इःच्क पौष २३ गते देखी खुल्ला भई यहि माघ ०८ गतेको दिनमा ०५ बजे बन्द हुने व्यहोरा सुचित गरेका छन्। निर्वाचन निर्देशिका संसोधनका लागि आबश्यक सुझाव संकलन गर्न आगामी पौष २७ गते बिहान ११ बजे नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा सुझाव संकलन गोष्ठी आयोजना गर्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईएको छ। निर्वाचनका अन्य कार्यक्रमहरु निर्वाचन समितिले प्रकाशित गर्ने व्यहोरा समेत सुचित गरेको छ।

Comments