माघदेखि मध्यपुर थिमिका सहकारीहरुको अनुगमन हुने


पुष २२, २०८०, आइतबार | दिउँसो ०३:०० बजे | 70


माघदेखि मध्यपुर थिमिका सहकारीहरुको अनुगमन हुने

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं ४ शंखधरचोकस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भयो । संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगर प्रमुख सरेन्द्र श्रेष्ठले यही माघ महिनादेखि नपाका सहकारीहरुको अनुगमन हुने बताउनु भयो । प्रमुख अतिथि श्रेष्ठले नपाले शिक्षा, स्वास्थ्य, पूर्वाधारदेखि सहकारी सम्बन्धी गरिएका कार्यहरुको बुदाँगत जानकारी दिदैं शभश्री साकोसले सामाजिक र सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा नेप्mस्कुनकी सञ्चालक मन्दरा मिश्र, भक्तपुर जिल्ला बचत संघकी प्रतिनिधि सुशीला पराजुली, मथिनपा सहकारी शाखा प्रमुख अभयेन्द्र रञ्जित, सुर्यविनायक नपा सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठ, ओस्ला सहकारीका अध्यक्ष रोशन बज्राचार्य लगायतका अतिथि वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नूभएको थियो । कार्यक्रमका विशेष अतिथि मथिनपा वडा नं ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले वडा नं. ४ मा संचालित मसानघारमा मुर्दा जलाउनका लागि वडाबाट निःशुल्क दाउराको व्यवस्था गरिएको जानकारी दिनुभयो । वडाध्यक्ष श्रेष्ठले वडाबाटै युवावर्गका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन गर्ने जानकारी दिदैं विष्णुकुण्ड परिसरमा व्यायामशाला बनाउने गृहकार्य भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा शुभश्री साकोसका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले संचालक अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुतु गर्दै शेयर सदस्य २ हजार ६ सय ६० जना र शेयर पुँजी ४ करोड ६८ लाख ३२ हजार ३ सय रुपैंया पुगेको जानकारी दिनु भयो । अध्यक्ष श्रेष्ठले आ.व.२०७९=०८० मा निक्षेप २७ करोड ७१ लाख १७ हजार ८ सय ६७ रुपैंया पुगेको पनि जानकारी दिनुभयो । संस्थाका सचिव काशीभक्त कायस्थले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष श्यामसुन्दर कायस्थले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ३९ लाख १० हजार ५ सय खुद बचत भएको तथ्य पेश गर्नुभयो । लेखा संयोजक गोपाल श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा जेष्ठ शेयर सदस्य सम्मान, एसईई सम्मान, उत्कृष्ट बाल बचतकर्ता एवं २ जना शेयर सदस्यहरुलाई नगद र उपहार सहित सम्मान गरिएको थियो । कार्यक्रममा मथिनपा वडा नं. ४ का नसस एवं शेयर सदस्य मदन श्रेष्ठले शुभश्री साकोसको सेवाको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । यचु पार्टी भेन्युमा भएको उक्त साधारणसभामा संस्थाका हालसम्मका आर्थिक, सामाजिक, सांस्कृतिक आदि कार्यको बारेमा सचिव काशीभक्त कायस्थले बुदाँगत जानकारी दिनु भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

माघदेखि मध्यपुर थिमिका सहकारीहरुको अनुगमन हुने

Comments

ताजा खबर