भक्तपुर बचतले गरयो बाल वनभोज र पापड बनाउने तालिम
पुष २२, २०८०, आइतबार | दिउँसो ०१:२९ बजे | 35
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को खेलकुद उपसमितिको आयोजनामा बाल बचतकर्ताहरुबीच शनिवार ठूली ब्रह्मायणी परिसर सुडालमा बाल वनभोज कार्यक्रम भएको छ ।
एक सय २६ जना बाल बचतकर्ताहरुले भाग लिएको उक्त कार्यक्रममा बाल मैत्री विभिन्न खेलहरुको प्रस्तुति रहेको थियो ।
त्यस्तै उक्त संस्थाको व्यवसाय प्रबद्र्धन उपसमितिको आयोजनामा आइतबारदेखि तीन दिने पापड बनाउने तालिम सुरु भएको छ । कार्यक्रममा उपसमितिका संयोजक तारादेवी धन्छाले महिलाहरुबीच उद्यमशीलताको विकास आवश्यक भएको औंल्याउनुभयो । प्रशिक्षक उदया शर्माले तालिम दिनुभएको उक्त कार्यक्रममा उपसमितिका सदस्य शमशेर प्रजापतिले पनि बोल्नुभएको थियो । तालिममा २४ जना महिलाहरुले भाग लिएका थिए ।