चेम्बर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


पुष २२, २०८०, आइतबार | दिउँसो १२:१२ बजे | 35


चेम्बर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना यचु पार्टी भेन्यू मध्यपुरथिमिमा गरेको छ । संस्थाले सदस्यहरुका लागि प्रदान गर्दै आएका विविध सेवा सुविधाहरु लगायत संस्थाबाट सदस्यहरुले लिन सक्ने लाभका विषयमा सदस्यहरुलाई सुसुचित गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना भएको हो । 
संस्थाका अध्यक्ष श्री कविदास श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुहुदै अध्यक्ष्ँ श्री श्रेष्ठले व्यवसायिकता सिर्जना हुने खालका युवा लक्षित कार्यक्रमहरु सञ्चालनमा ल्याई स्वरोजगारलाई प्रोत्साहन गर्ने लगायत बैदेशिक रोजगारको विकल्पको रुपमा साना तथा मझौला उद्यमीहरुको संख्या बढाउनमा चेम्बरले विशेष भूमिका खेल्ने बनाउनु भयो । यसैगरी वहांले व्यवसायिक अवसर पहिचानका लागि तथ्यांक आवश्यक पर्ने भएको हुंदा चारवटै नगरपालिकाहरुमा व्यवसायिक तथ्यांक अध्यावधिक गराउन चेम्बरले विशेष पहल गर्दै आएको पनि बताउनु भयो । 
कार्यक्रममा सहभागीहरुबाट कर प्रशासनमा सुधारका लागि व्यापक पहल गरिनु पर्ने, वस्तुगत संघहरुको नेतृत्व क्षमता विकासका लागि तालिमहरुको आयोजना गरिनु पर्ने, नेतृत्व लगायत व्यवसायिकता विकासजस्ता तालिम गोष्ठीहरुको आयोजना गरिनु पर्ने, आयात निर्यातमा लाग्दै आएको करका विषयमा पुनविर्चारका लागि पहल गरिनु पर्ने, निकासी करमा ब्यापक छलफल हुनु पर्ने र तथ्यांकहरु अध्यावधिक हुनु पर्ने जस्ता विषयहरुमा चेम्बरबाट पहल गर्न सुझाव दिनुभयो । 
सो अवसरमा संस्थाका महासचिव श्री ज्ञानेन्द्र मानन्धरले धन्यवाद ज्ञापन गर्नुहुदै सहभागीहरुबाट आएको सल्लाह सुझावहरुलाई समेट्दै संस्थाको नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताउनु भयो ।
कार्यक्रममा चेम्बरका गतिविधिहरु लगायत चेम्बरले उपलब्ध गराउदै आएका सेवा सुविधाहरुका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री राजुमान बज्राचार्यले प्रस्तुतीकरण गर्नु भएको थियो । 

Comments