सहकारीहरुले शेयर सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा मद्दत
पुष २२, २०८०, आइतबार | दिउँसो १२:०७ बजे | 35
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोक बायरिलाँ मार्गस्थित गंगाजल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाकी अध्यक्ष सीताकुमारी पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नपा ४ का जननिर्वाचित वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सहकारीहरुले शेयर सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा मद्दत गरेको भन्दै सीपमुलक तालिममा पनि प्राथमिकता दिनुपर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले वडाभित्र भएका विकास निर्माण एवं संस्कृति संरक्षणका विषयमा भएका कार्यहरुको छोटो जानकारकी सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । संस्थाकी अध्यक्ष सीतादेवी पाण्डेले संचालक अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १ करोड ६७ लाख ७ हजार रुपैंया र निक्षेप १४ करोड १५ लाख ८३ हजार १ सय ५१ रुपैंया रहेको जानकारी दिनुभयो । गंगाजल साकोसको स्वास्थ्य तथा सामाजिक उपसमितिका संयोजक आशिष श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष राजभक्त श्रेष्ठ, कानुनी सल्लाहकार डा.प्रभाकर खनाल, लेखा परिक्षक ज्ञानकृष्ण श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले गंगाजल साकोसमा कुनै आर्थिक समस्या नदेखिएको भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गंगाजल साकोसका उपाध्यक्ष नारायणप्रसाद श्रेष्ठले स्वागत रर अष्ट रत्न मानन्धरले सचिवको प्रतिवेदन, विष्णुदेवी श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन र लेखा संयोजक सुनिता श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शंखधर पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा शेयर सदस्य ८ सय १८ जना पुगेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...