नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिद्वारा राष्ट्रिय एकता एवं मेलमिलाप दिवस मनाइयो


पुष १८, २०८०, बुधबार | विहान ०७:२९ बजे | 60


नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिद्वारा राष्ट्रिय एकता एवं मेलमिलाप दिवस मनाइयो

नविना श्रेष्ठ

शान्ति र संविधान सहकारीबाट समुन्नतिमा गति सहकार्यबाट नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिद्वारा कमलादी प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय एकता एवं मेलमिलाप दिवस मनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेता माधवकुमार नेपाल, गठबन्धन दलहरुका शीर्ष नेताहरू राजेन्द्र श्रेष्ठ, बाबुराम भट्टराई, का मन्त्री गगन थापा, विश्व प्रकाश शर्मा लगायत विभिन्न दलका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। काठमाडौँ महानगरपालिकाका नेपाली कांग्रेसको अग्रज व्यक्तित्वहरूको उपस्थितिमा २००७ साल को परिवर्तन सँगै २०१७ सालको परिवर्तन अन्त्यसँगै प्रजातन्त्रहरूको शासनमा प्रजातन्त्र शासनसंगै अहिले जनताहरूको शासन सम्मको परिवर्तनलाई नियाल्नुपर्ने बेला आएको भन्दै शीर्ष नेताहरू नेपालजस्तो बहुजाती बहुभाषा बहुसांस्कृतिक भएको देश राष्ट्रिय एकता मेलमिलाप हुन जरुरी रहेको बताएका छन्। आत्मसामीक्षा गरौं आत्मालोचना गरौं नयाँ दृष्टि निर्माण गरौं नयाँ संकल्प गरौं हिजोको सहकार्य शान्ति सम्झौताका लागि अबको सहकार्य समुन्नतिमा गतिका लागि लोकतान्त्रिक गणतन्त्र मात्र एक सच्चा राजनीति हो नयाँ सङ्कल्प नयाँ एकता नयाँ राजनीति नयाँ समृद्धि जनतालाई दिन सकिने जस्ता गठबन्धनबाट कसरी आफू प्रधानमन्त्री पदमा आए यो अन्तिमसम्म गठबन्धन रहने विश्वास लिएको जस्ता मूल्यवान शब्दहरूको बयान गर्दै शीर्ष नेताहरु विदाई भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसका सभापति लगायत नेपाली कांग्रेस केन्द्रलाई धन्यवाद दिँदै देशमा राजनीतिक पार्टी सबैका नेताहरू एकसाथ हुनुपर्ने सन्देश दिन राष्ट्रिय एकता मेलमिलाप कार्यक्रम गरेकोमा बधाई तथा धन्यवाद दिएका छन्। माधवकुमार नेपालले राष्ट्रिय एकता एवं मेलमिलाप कार्यक्रम मनाउँदै गर्दा नयाँ एकता नयाँ साथमा नै गणतन्त्रकै साथमा रहेको कार्यक्रम देश बनाउने हुटहुती देश बचाउने चिन्तन हुनु जरुरी रहेको बताएका छन्। कार्यक्रमका सभापति शेरबहादुर देउवा देउवाले देशमा धेरै काम गर्न बाँकी छ तर बीपी कोइरालाले देखाएको राष्ट्रिय एकता मेलमिलाप कार्यक्रमको आयोजनाले गर्दा देशमा राजनीतिक दल नेता जनतामा एकता र मेलमिलाप सिर्जना हुने विश्वासले यो कार्यक्रम गरेको बताए। बीपी कोइरालाले देखाएको बाटोलाई अँगाल्दै हामी राजनीति यात्रा अगाडि बढाउने विश्वास व्यक्त गरे

फाेटाेमा हेर्नुहाेस्...

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिद्वारा राष्ट्रिय एकता एवं मेलमिलाप दिवस मनाइयो

Comments