चार पत्रकारसहित दश जना सम्मानित
पुष १५, २०८०, आइतबार | विहान ०७:४५ बजे | 65
काठमाडौं १४, पुस । लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप डिस्ट्रिक ३२५ द्वारा चार पत्रकारसहित दश जना विभिन्न ब्यक्तित्व सम्मानित भएका छन् । डिस्ट्रिक ३२५ले विभिन्न समयमा महत्वपूर्ण योगदान पुर्याएका चार पत्रकारसहित दश जना विभिन्न ब्यक्तित्वलाई सिन्धुपाल्चाेककाे मेलम्चीमा एक कार्यक्रम गरि सम्मान गरेको हाे । कार्यक्रममा लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप डिस्ट्रिक ३२५ का नयाँ सदस्यहरुको सपथग्रहण प्रमुख अतिथि डिस्ट्रिक गभर्नर शिवकुमार कटुवालले गराउनुभएकाे थियाे । कार्यक्रममा पूर्व गभर्नर रूद्रहरी ज्ञवाली र कार्यक्रमका अध्यक्ष राजेशदास हिमालयले पिन हस्तान्तरण गर्नुभएकाे थियाे । कार्यक्रममा नामी साप्ताहिकका श्याम स्मृत, रासस सिन्धुपाल्चाेक सम्वाददाता तथा रेडियाे मेलम्चीका स्टेसन मेनेजर देवराज सुवेदी, राष्ट्रिय न्युजका सागर खड्का, मैत्री न्युजका दिपेन्द्र श्रेष्ठ, इसिएलएफ नेपालका संस्थापक बन्दना एल श्रेष्ठ, इसिएलएफ नेपालका निर्देशक राजाराम महाजुलगाएत सम्मानित हुनुभएकाे थियाे ।
फाेटाेमा हेर्नुहाेस्...