सम्पदा पदयात्राको डिजिटल मार्ग प्रकाशन


पुष १३, २०८०, शुक्रबार | विहान ०९:४४ बजे | 105


सम्पदा पदयात्राको डिजिटल मार्ग प्रकाशन

भक्तपुर । भक्तपुर नगरपालिकाले २०८० पुस १४ गते शनिबार आयोजना गर्न गईरहेको सम्पदा पदयात्राको डिजिटल मार्ग पनि प्रकाशन भएको छ । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यले आयोजित सम्पदा पदयात्राको लिखित मार्ग भक्तपुर नगरपालिकाले प्रकाशित गरिसकेको अवस्थामा उक्त मार्गलाई आधार बनाई पदयात्रामा सहभागीहरुको सहजताका लागि डिजिटल भर्जन स्वरुप गुगल म्यापमा पनि प्रकाशित भएको छ ।  
भक्तपुर नगरपालिका वडा नं ४, गहिति निवासी न्हुज किजुले उक्त मार्गलाई डिजिटल भर्जनमा प्रकाशित गरेका हुन् । द्यकअ।ऋक्क्ष्त् मा स्नातक उतीर्ण गरेका न्हुजले पदयात्रामा सहभागीहरुको सहजताका लागी स्वस्फुर्त रुपमा आफुले जानेको सिप प्रयोग गरी नगरपालिकाले प्रकाशित गरेको लिखित मार्गलाई आधार बनाई डिजिटल रुपमा गुगल म्यापमा प्रकाशित गरेको बताए । 
उक्त प्रकाशित डिजिटल म्यापको माध्यमबाट पदयात्रामा सहभागीहरुले न्एक् त्चबअपष्लन गरी आफु कुन ठाउँमा पुगेँ र नजिकै कुन बहा बही आउँदै छ भनी थाहा पाउन सकिने बताए । किजुले उक्त डिजिटल म्यापमा सम्पदा पदयात्रामा घुम्ने १९ वटा बहा बहीहरु समावेश गरी सम्बन्धीत बहा बहीको परिचय र फोटो पनि समावेश गरेका छन् । यसको प्रयोगले पदयात्रामा सहभागीहरुले सहज ढंगले बहा बहीको जानकारी लिन सकिने बताए । 
उक्त डिजिटल म्याप प्रयोग गर्नलाई २ वटा माध्यमहरु राखिएको छ । 

Comments