मध्यपुर माेडेल क्याम्प भाग-३ सम्पन्न
पुष १०, २०८०, मङ्गलबार | विहान ११:१५ बजे | 60
नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिकाे प्राविधिक सहयाेग र सुप्रिम स्काउट ट्रुपकाे अायाेजनामा मध्यपुर माेडेल क्याम्प-३ सम्पन्न भएकाे छ । क्याम्प प्रमुख श्री बिरेन्द्र जयनाकाे सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिकाे मन्तव्य राख्नुहुँदै मध्यपुर थिमिका नगर उपप्रमुख श्री बिजयकृष्ण श्रेष्ठले छाेटाे समयमा मध्यपुर स्काउटले स्काउटिङ्ग बृध्दि र बिकासमा खेलेकाे उत्कृष्ट कार्यकाे उच्च मूल्यांकन गरी मध्यपुरकाे सर्वाङ्गीण विकासकाे लागि नगरपालिकाले स्काउटसँग निरन्तर सहकार्य गर्न चाहेकाे बताउनुभयाे । त्यसैगरी, स्काउटिङ्ग गतिविधिहरू सञ्चालन गर्ने कुरामा मध्यपुर स्काउटले सबै पक्षहरूसँग गरेकाे सहकार्य र समन्वयकाे भूमिका सबै पालिकाले सिक्नुपर्ने बताउनु हुँदै विशिष्ट अतिथि नेपाल स्काउट, बाग्मती प्रदेश कार्यालयका सल्लाहकार श्री रामगाेपाल कर्माचार्यले क्याम्पकाे प्रमुख काम भनेकै खराव बानी त्यागेर असल बानीकाे बिकास गर्नु हाे भन्ने कुरा बताउनुभयो । अर्का अतिथि नेपाल स्काउट, बाग्मती प्रदेश कार्यालय सदस्य एवम् भक्तपुर जिल्ला समन्वयकर्ता श्री अच्युत प्रजापतिले स्काउटले असल नागरिक तयार गर्न क्याम्पले महत्वपूर्ण भूमिका खेल्ने भनी स्काउटहरूलाई हाैसला प्रदान गर्नुभयो । मध्यपुर स्काउटकाे संक्षिप्त ईतिहासकाे चर्चा गर्दै स्थानीय स्काउट कार्यालयका संयाेजक श्री तुल्सीहरि प्रजापतिले मध्यपुर स्काउटबाट भावी दिनहरूमा गर्ने प्रमुख कार्यहरूकाे जानकारी गराउनुभयाे । तीन दिनसम्म सञ्चालित क्याम्पकाे समापन समाराेहमा क्याम्प संयाेजक श्री महेश प्रकाश हाडाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने कार्यालयका सदस्यता बृध्दि संयाेजक तथा राष्ट्रिय प्रशिक्षक श्री भुवनचरण श्रेष्ठले क्याम्प सभ्य र भब्य रूपमा सफल भएकाेमा अायाेजकलाई बधाई तथा क्याम्पकाे सफलताकाे याेगदान दिने समस्त सेवादल र सहयाेगी हातहरूलाई धन्यवादज्ञापन गर्नुभएकाे थियाे । कुल १५३ जना स्काउटहरू सहभागी भएकाे साे क्याम्पकाे दाैरानमा सञ्चालित बिबिध कृयाकलापहरूमा उत्कृष्ट प्रदर्शन गरेका स्काउटहरूलाई पुरस्कृत पनि गरेका थिए । क्याम्प सुप्रिम एकेडेमी र निलवाराही गरी दुई स्थानहरूमा सञ्चालन गरिएकाे क्याम्पकाे समापन कार्यक्रम राेभर श्री कविर श्रेष्ठले सञ्चालन गर्नुभएकाे थियाे । उक्त समाराेहमा मध्यपुर स्काउटका वरिष्ट स्काउटरद्वय श्री हरि बहादुर श्रेष्ठ र श्री दिलकृष्ण प्रजापतिलगायत अन्य स्काउटरहरू तथा राेभर-रेञ्जरहरूकाे पनि बाक्लाे उपस्थिति रहेकाे थियाे ।
फाेटाेमा हेर्नुहाेस्...