ज्यापु दिवसको अवसरमा २७ जना विशिष्ट व्यक्तिहरु सम्मानित
पुष १०, २०८०, मङ्गलबार | विहान ०९:५२ बजे | 70
काठमाडौं । ज्यापु दिवसको अवसरमा पत्रकार कृष्ण किसीसहित २७ जना सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई मंगलबार काठमाडौंको वसन्तपुरमा एक भव्य समारोहवीच सम्मान गरे । ज्यापु संस्कृति विकास कोषले २० औं राष्टिय ज्यापु दिवस समारोह ११४४ को अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
पत्रकार किसीलाई ज्यापु युवा प्रतिभा (सञ्चार)बाट सम्मान गरिएको हो । उनीसहित अन्य विभिन्न विधाहरुमा योगदान गरेकाहरुलाई पनि सम्मान गरिएको थियो । ज्यापु बाल प्रतिभा एन्जल महर्जन, ज्यापु युवा प्रतिभा (शिक्षा) रिकेश महर्जन, ज्यापु युवा प्रतिभा (बाद्यबादन) प्रविन महर्जन, ज्यापु युवा प्रतिभा (खेलकुद) तीनजनालाई दिइएको छ । खुशी डंगोल, पिजः महर्जन, राजीव महर्जनलाई सम्मान गरिएको हो ।
यस्तै ज्यापु युवा प्रतिभा (सौदर्य) हसना महर्जन, चक्रमान डंगोल समाज सेवा पुरस्कार इन्जिनियर सानुबाबु डंगोल, बाद्यगुरु कृष्णमाई महर्जन स्मृति पुरस्कार पञ्चरत्न डंगाललाई दिइएको छ । उनीहरु सवैलाई जनही १० हजार रुपैयाँं प्रदान गरिएको थियो ।
यसबाहेक ज्यापु रत्न डा पुरुषोतम नारायण सुवाल, ज्यापु प्रज्ञा प्राडा त्रिरत्न मानन्धरलाई प्रदान गरियो । साथै ज्यापु विशेष सम्मान पनि प्रदान गरिएको थियो । तर उनीहरु सवैलाई सम्मानपत्र मात्रै प्रदान गरिएको थियो । सम्मान पाउने अन्य व्यक्तिहरुमा ज्यापु सरस्वती पदक मनिलराज महर्जन, ज्यापु उद्यमशिलता सम्मान मनिष डंगोल श्रेष्ठ, ज्यापु महिला शशक्तीकरण रामकुमारी महर्जन रहेका थिए । बाँंकी सवैलाई ज्यापु विशेष सम्मान पदान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा सरिता डंगोल, दुर्गाप्रसाद श्रेष्ठ, सुनिल जोशी, लीलबहादुर प्रधान, बालकृष्ण तुलाधर, रोशनकुमार श्रीवास्तव, वीरकृष्ण महर्जन, तारा महर्जन, राजु शाक्य, पूर्ण प्रजापति ठिमी, श्रीमिला सुवाल र सुशान्त डंगोल रहेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री दालहासहित पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, बागमति प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री पुकार महर्जन, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, आयोजक कोषका अध्यक्ष मंगलकृष्ण सिंह, सचिव एवं दिवस मुल समारोह समितिका संयोजक धनबहादुर महर्जन तिमिला, ज्यापु प्रतिभा सम्मान पुरस्कार सिफारिस समितिका संयोजक सन्तबहादुर महर्जनलगायतले ज्यापु संस्कृतिका अनेक पाटाहरुबारे चर्चा गरे ।
योमरी पुन्हीको अवसरमा प्रत्येक वर्ष गर्दै आएको यो कार्यक्रमको क्रममा प्रधानमन्त्री दाहाललाई योमरी पनि प्रदान गरिएको थियो । साथै सुरुमा उनलाई नेवार परम्परा अनुसार उसिनेको अण्डा, माछा र ऐंला (रक्सी) सगुनको रुपमा दिइएको थियो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले योमरीका साथै अण्डा र ऐला खाएपछि मञ्चबाट सम्मानमा ताली बजेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...