भक्तपुरको देकोचोमा आगलागी


असोज २६, २०७७, सोमबार | दिउँसो १२:३५ बजे | 25


भक्तपुर । भक्तपुरको देकोचामा मंगलबार दिउँंसो आगलागी भएको छ । ख्वप माध्यमिक विद्यालय नजिक देकोचा चोकमा नेपाल विद्युत प्राधीकरणको टान्सफर्मर भएको पोलमा विद्युत सर्किटको कारण आगलाती भएको हो । आगलागीका कारण स्थानीयमा त्रास छाउनुका साथै पीडित भएका थिए । आगलागीका कारण विद्युतीय सेवा अवरुद्ध भई नजिकै रहेको ख्वप माध्यमिक विद्यालयको अनलाइन परीक्षा स्थगित गर्न बाध्य भएको थियो । कलेजले मंगलबार नै सूचना जारी गरी अनलाइन प्रथम त्रैमासिक परीक्षा अन्तर्गत अंग्रेजी विषयमा परीक्षा स्थगित गरिएका जनाएको छ । मंगलबारको स्थगित परीक्षा कार्तिक २ गते पूर्व प्रकाशित तालिका अनुसार सञ्चालन हुने विद्यालयले जनाएको छ ।  

फाेटाेमा हेर्नुहाेस्...

Comments