पुनः निषेधाज्ञा गर्न नेपाल सरकारसमक्ष आग्रह
असोज २५, २०७७, आइतबार | दिउँसो ०१:१३ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरी प्रकोप व्यवस्थापन केन्द्र ९अचष्कष्क mबलबनझभलत अभलतभच० को बैठक आइतबार बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले काठमाडौं उपत्यकामा एकै दिनमा २६०० भन्दा बढी संक्रमण पुष्टि हुनुले संक्रमणको खतरा झन् बढाएको बताउनुहुँदै काठमाडौं उपत्यका कोरोनाको केन्द्रको रुपमा विकास भइरहेको बताउनुुभयो ।
(दशैं) को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रा र जात्रासँग सम्बन्धित सरोकारवालाहरुसँग दशैंलाई औपचारिकतामा सीमित गर्ने विषयमा छलफल गरिसकेको जानकारी दिनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली नदिने र तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पुजामा मात्र सीमित गर्ने निर्णय नगरपालिकाले गरिसकेको उहाँले बताउनुभयो । दशैंको समयमा हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राखी नगरपालिकाले वडा–वडामा स्वयम्सेवक परिचालन गरी कोभिड १९ बारे सर्वसाधारण जनतालाई निरन्तर सचेत गरिरहने उहाँले बताउनुभयो ।
बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेकोमा चिन्ता व्यक्त गर्नुहुँदै नजिकिँदै गरेको दशैंमा भीडभाड रोक्न जिल्ला प्रशासन कार्यालय तदारुकताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
बैठकले दशैंको समयमा भीडभाड बढेर कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारलाई विगतमा जस्तै अतिआवश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय ग¥यो ।
बैठकले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको बिजया दशमी २०७७ मा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरुलाई औपचारिकतामा सीमित गरी भीडभाड हुन नदिन भक्तपुर नगरपालिकाबाट नगरबासीहरुमा आह्वान गर्ने र सोको लागि आवश्यक सुरक्षा व्यवस्था सुरक्षा निकायहरुबाट मिलाउने निर्णय ग¥यो ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नेपाली सेना वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी बल स.प्र.नि. मुकुन्द चापागाइँ, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका अनुसन्धान अधिकृत पवनराज पाण्डे, भक्तपुर अस्पतालका तर्फबाट राजेन्द्रप्रसाद नेपाल, जनस्वास्थ्य केन्द्रका प्रमुख रत्नसुन्दर लासिवा, भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष विरेन्द्र जति, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।
बैठकमा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रका सदस्यहरुले दैनिक हजारौंको संख्यामा संक्रमितहरुको बढिरहेको अवस्थामा भक्तपुर नगरपालिका क्षेत्रमा हालसम्मको संक्रमणको अवस्था र यसको रोकथाम तथा नियन्त्रणको लागि भक्तपुर नगरपालिका र अन्य सरोकारवाला निकायहरुबाट भए गरेका सबै प्रकारका प्रयासहरुबारे बैठकमा जानकारी गराउनुभयो ।