मन्त्री किराँती भाइरल ः भन्छन्, संसारभर सवैभन्दा धेरै क्रिश्चियन छन्, यही सत्य हो


पुष ५, २०८०, बिहीबार | विहान ०७:१४ बजे | 60


मन्त्री किराँती भाइरल ः भन्छन्, संसारभर सवैभन्दा धेरै क्रिश्चियन छन्, यही सत्य हो

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भाइर भएको छ अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बोलेको एउटा भिडियो ‘क्लिप’ । बुधवार राजधानीमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल बहुधार्मिक देश भएको र संविधानको अधिकार प्रयोग गरेर क्रिश्चियन धर्मावलम्बी पनि रहेको बताएका थिए । 
बुधबारको मन्तव्यमा उनले  मुलुक सबै धर्मको साझा फूलबारी रहेको भन्दै सबै धर्मको समान अधिकार रहेको भावना राखेका थिए । ‘यो बंगैचाभित्र फुलेका रगिंविरगंी फूल मध्ये तपाइहरू पनि  एक थरी फूल हो,’ उनले भनेका थिए, ‘तपाइहरू बिना फूलबारीको शोभा हुन्न ।’  त्यस्तै किरातीले  वि.सं. २०७८ को जनगणनामा नेपालमा १० वटा धर्म छ भन्ने तथ्याङ्क रहेको र राज्यका आँखामा यी सबै धर्म बराबर रहेको बताएका थिए । ‘संविधानको अधिकार प्रयोग गरेर सवै धर्मालम्बी नेपालमा बसेका हुन्,’ उनले भनेका थिए्, ‘क्रिस्चियनको अस्तित्वलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो ।’ त्यस्तै उनले संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोही गर्छ भने त्यसलाई हतकडी लगाउने र जेलमा हालिदिने हो’ भन्ने अभिव्यक्ती दिएका थिए ।  
उनको यही अभिव्यक्तिलाई क्रिश्चियन धर्म नमान्ने देशद्रोही भनेको भन्दै आलोचना सुरु भएको हो र यही भाइरल बनेको हो । यसरी आलोचना गर्नेमा धर्मको राजनीति गर्दै आएका कमल थापादेखि नयाँ राजनीति सुरुवात गर्ने भनेका रवि लामिछानेसम्म परेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत नै उनलाई राजीनामा गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले संसारमा सवैभन्दा वढी क्रिश्चियन नै भएको भन्दै ३० प्रतिशत संसारभर क्रिश्चियन भएको बताएका थिए ।  

Comments