आजदेखि लेखनाथ महोत्सव ः मुख्य प्रायोजक पोखरा इको रेड व्रिक्स
पुष ५, २०८०, बिहीबार | विहान ०५:२२ बजे | 20
काठमाडौं । आज (पुस ५) गतेदेखि लेखनाथ महोत्सव सुरु हुदै छ । महोत्सव १६ गतेसम्म चल्ने छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुँदै छ । संघका अध्यक्ष बिनोद श्रेष्ठले पोखरा २७ स्थित डाँडाकोनाकमा हुने १९ औं संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने जानकारी गराए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु बिक्री तथा प्रदर्शनीमा राखिने जनाइएको छ ।
महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको छ ।
विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ ।