स्वतन्त्र पत्रकार संघका अध्यक्ष एक लाख वढी नगदसहित सम्मानित
पुष ४, २०८०, बुधबार | दिउँसो ०२:३० बजे | 65
काठमाडौं । स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष एवं आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलासहित ३ जना कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मानित भएका छन् । पोखरामा बुधबार आयोजित समारोहमा उनीसहित नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष डा. सुरेश आचार्य र पत्रकार महासंघ कास्की शाखाका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा पनि सम्मानित भए । उनीहरुलाई नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका हुन् । उनीहरु सवैजनालाई जनही एक लाख ११ हजार एक सय ११ रुपैयाँं नगदसहित सम्मान गरिएको हो ।
कृति स्मृति पत्रकारिता बृत्तिद्वारा सम्मानित आदरणीयहरूप्रति स्वतन्त्र पत्रकार संघका केन्द्रिय सल्लाहकार डा इन्दुल केसी अनि एवीसीडी खवर मिडिया अनलाइनकोतर्फबाट हार्दिक वधाई ।