समग्र अध्ययन अनुसन्धान सूर्यविनायकमा पुनः निरौला
पुष २, २०८०, सोमबार | दिउँसो ०१:२१ बजे | 50
भक्तपुर । समग्र अध्ययन अनुसन्धान केन्द्र नेपाल सूर्यविनायक भक्तपुरको अध्यक्षमा पुनः छन्दविज्ञान निरौला अध्यक्षमा चुनिएका छन् । केन्द्रको सोमबार भक्तपुरमा भएको तेश्रो वार्षिक साधारणसभाबाट निरौला पुनः अध्यक्षमा चुनिएका हुन् । उपाध्यक्ष डा राजेन्द्र कोजू सचिव रामकुमार खड्का कोषाध्यक्ष संगिता के सी र मैयाँ सुर्खेती, भरतराज आचार्य, शम्भु निरौला, लुमणि खनाल, देवी मिश्र, लव थापा, राजाराम खत्री सदस्य रहनु भएको छ ।
साधारणसभाको उदघाटन समाजसेवी डा इन्दुल केसीले गरेका थिए । उनले केन्द्र स्थापना उदघाटनको दिन स्मरण गर्दै केन्द्रले अझ अध्ययन अनुसन्धानको कार्यमा लाग्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे । कार्यक्रममा रोम्वस स्कुल कमलविनायकका प्रिन्सिपल डा राजेन्द्र कोजू, अनुशिलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी, साहित्यकार साधुराम गिरी, ुचडाप्रसाद चौलागाईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको क्रममा गीत, नृत्य पनि प्रस्तुत गरिएको थियो । त्यस अवसरमा डा इन्दुल केसीलगायतका विभिन्न व्यक्तित्वहरुले केन्द्रलाई पुस्तक सहयोग पनि प्रदान गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...