जनतालाई बैदेशिक रोजगारीमा पठाएर देशमा समृद्धि आउदैन
पुष १, २०८०, आइतबार | विहान ०६:०६ बजे | 65
भक्तपुर । “जब देशका आफ्नै लगानीका कल–कारखाना, उद्योगबाट विदेश निर्यात गर्ने वस्तु उत्पादन गर्न सक्छ तब नै देशमा आर्थिक समृद्धि आउने हो, जनतालाई बैदेशिक रोजगारीमा निर्यात गरेर होइन । आफ्ना कर्मचारीलाई तलब ख्वाउन पनि ऋण लिनुपर्ने देश कसरी आर्थिक रुपले समृद्ध हुन्छ ?” उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि., भनपा–७, गोल्मढीको “नेतृत्व विकास तालिम” को समापन समारोहमा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गर्नुहु“दै शनिबार बताउनु भएको थियो । उहा“ले खराब नेतृत्वकै कारण देशको अवस्था यस्तो भएको हो भन्नुहु“दै स्व–अध्ययनले मात्र नेतृत्व क्षमता विकास हुने भएकोले तालिमसंगै स्वअध्ययन गर्न जोड दिनुभयो र कुनै पनि संघ संस्थाको नेतृत्वमा बस्न कानुनी वातावरणलाई पनि राम्रोसंग बुझ्नु जरुरी छ, सम्बन्धित विषयको अध्ययन निरन्तर गरिरहनु पर्छ भन्नुभयो । “सामूहिक हितको लागि सोच्ने, काम गर्ने बेला चुनौती अवश्य आउ“छ तर सामना गर्नुपर्छ, काम गर्दा काम गर्ने व्यक्तिको कमजोरी हुन सक्छ तर पनि सुधार्दै निरन्तर काम गरिरहनु पर्छ, त्यसैले सफलता पाउ“छ । सही नेतृत्व त्यही हुन्छ ।” उहा“ थप भन्नुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा आदर्श आजाद मा.वि.÷कलेजका प्राचार्य श्रीकृष्ण किसीले संस्थागत विकासको निम्ति कार्य गर्नु सजिलो काम होइन । उक्त चुनौतीलाई सामना गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो भन्नु भयो भने संस्थाको संस्थापक एवं भनपा ७ वडाका वडाअध्यक्ष उकेश कवांले सहकारी संस्थाहरु समाजवाद र पू“जीवादलाई Çयुजन गर्ने माध्यमको रुपमा उपयोग गरिरहेको कुरा बताउनु हु“दै यसको सुरुवाती समयमा जुन अवधारणा थियो त्यो नेपालको सहकारीमा नदेखिनु दुर्भाग्य हो भन्नुहु“दै नेपालका शासकहरुले यसलाई पू“जीवादको औजार बनाएको कुरामाथि आलोचना गर्नुभयो । संस्थाका सल्लाहकार लक्ष्मीभक्त कवांले तालिम कार्यक्रमहरुले व्यक्तिको व्यक्तित्व बढाउन सहयोग पुग्ने भएकोले यस्तो तालिमहरु हुनु आवश्यक छ भन्नु भयो । उक्त तालिम संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले पानसमा दीप प्रज्ज्वल गरी उद्घाटन गरी सुरुभएको थियो । उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवांले स्वागत, सचिव हरिकृष्ण दनेगुलुले कार्यक्रम सञ्चालन र सदस्य इन्द्रमाया लागेले धन्यवाद ज्ञापन गर्नुभएको थियो प्रशिक्षक प्रल्हाद वास्तोलाले तालिम दिनुभएको उक्त तालिममा संस्थाका ४२ जना शेयर सदस्यले सहभागिता जनाएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका सञ्चालक समितिका अध्यक्ष बलराम गोसाईले गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...