एक अर्काका दृष्टि दुई व्यक्तिका कृति प्रकाशित


असोज २५, २०७७, आइतबार | विहान १०:१३ बजे | 65


काठमाडौं । नेपाली साहित्यमै एक फरक प्रकारको कृति प्रकाशित भएको छ । एउटाको कृतिमाथि अर्काेले र अर्काेको कृतिमाथि अर्काेले समिक्षा गरिएको पुस्तक एक अर्काका दृष्टि दुई व्यक्तिका कृति प्रकाशित भएको हो । डा इन्दुल केसीका कृतिमाथि पदम दाहालले र पदम दाहालको कृतिमाथि डा इन्दुल केसीले समिक्षा गरेको पुस्तक आएको हो । पुस्तकको पहिलो खण्डमा डा इन्दुल केसीले पदम दाहालका कृतिहरुमाथि समिक्षात्मक विश्लेषण गरेका छन् भने दोश्रो खण्डमा पदम दाहालले डा इन्दुल केसीको कृतिमाथि समिक्षात्मक विश्लेषण गरेका छन् । लेखकद्धयले यस किसिमको साहित्यिक सिर्जनाको परम्परा यसअघि नभएको दावी गरेका छन् ।
पुस्तक ४८ पृष्ठको रहेको छ । पुस्तकको प्रकाशक शव्दयात्रा प्रकाशन अक्षरधाम, नीलकण्ठेश्वर बनेपा ६ काभ्रे रहेको छ । पुस्तकको मूल्य एक सय रुपैयाँं तोकिएको छ । पुस्तक अहिले इलेक्टोनिक फर्ममा प्रकाशित गरिएको हो । भविष्यमा यसलाई प्रिन्ट फर्ममा पनि प्रकाशित गर्ने योजना रहेको लेखकद्धयले जनाएका छन् ।

Comments