चाँंगुनारायण नगपालिकाको आफ्नै भव्य कार्यालय भबन उदघाटन

मंसिर २९, २०८०, शुक्रबार | विहान ०८:५१ बजे | 90

चाँंगुनारायण नगपालिकाको आफ्नै भव्य कार्यालय भबन उदघाटन

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाको आफनै भव्य भबन तयार भएको छ । कार्यालय भबनको शुक्रबार एक भव्य समारोहवीच नगर प्रमुख जीवन खत्रीले उदघाटन गरे । 
चाँंगुनारायण नगरपालिका वडा नं ५ छालिंग घुमाउने खरिपाटीमा भबन तयार भएको हो । भबन नगरकोट जाने रोड छेउमै तल रहेको छ । यो ठाउँं भक्तपुरको खरिपाटी नजिकै छ । 
भबन २१ रोपनी तीन आनाको पर्ति जग्गाको क्षेत्रफलमा बनेको हो । भबन कुल ३२ करोड ७३ लाख सालाखालामा बनेको बताइएको छ । भबन बनाउन जिल्ला समन्वय समिति भक्तपुरबाट तीन करोड, केन्द्र सरकारबाट साढे करोड प्राप्त भएको जनाइएको छ । बाँंकी रकम नगरपालिकाकै रहेको जनाइयो ।
भबन उदघाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश वुढाथोकी, चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्षलगायतका व्यक्तिहरु अतिथि रहेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

Comments