भक्तपुरका परिश्रमी किसानको दुःख कहिले कसले बुझ्ने ?
मंसिर २९, २०८०, शुक्रबार | विहान ०८:१२ बजे | 75
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको काउलीबारीमा भेटिएकी शोभा दुवाल सुकाजू खेतभरि चारैतिर हेर्दै लोभलाग्दो काउली फलिरहे पनि निराश थिइन् । एक रोपनी अलि वढी खेतमा फलेका धेरै काउली काटिसकेर बेचिसकेका उनको निराशाको कारण थियो, काउलीले उचित भाउ नपाउनु । भुँइमा प्रश्न भुइँंमा खस्न नपाउँंदै उनले भनिन्, यति धेरै राम्रो काउली फलेर के गर्नु ? किलोको पाँंच रुपैयाँंमा वेच्नुपरेको छ ।
उनका अनुसार फलेको काउली खेतको नजिकको मोटरेवल सडकसम्म पुगेर थोक विक्रेताले खरिद गर्न आउँंछन् । खेतमा यसरी राम्ररी फलेका काउलीहरु थोक विक्रेतालाई खेतबाट सडकसम्म पुयाइदिन ज्यामीलाई ज्याला दिनसम्म पुग्दैन काउली बेचेर उठेको पैसाले ।
उनकै भाषामा लाटो हिसाव मात्रै गर्ने हो भने एक रोपनी खेतमा काउली खेती गर्न एक पटकलाई सालाखाला ५० हजार खर्च लाग्छ । तर उठ्छ भने पाँंच हजार ।
एक रोपनी खेतमा सालाखाला एक हजार काउलीका बोट चाहिन्छ । प्रतिबोट दुई रुपैयाँंको हिसावले किनेर ल्याउँंदा काउलीको बोटलाई मात्रै दुई हजार रुपैयाँं लाग्छ । उनले भक्तपुरकै आर्दशमा रहेको रत्न नर्सरीबाट ती बोटहरु किनेर ल्याएको सम्झिन् ।
हिसावको वेलिविस्तार लगाउँंदै उनी भन्छिन्, त्यसपछि खेत जोत्ने ट्याक्टरलाई खेत जोत्दा लाग्ने प्रतिघण्टा एक हजारका दरले तीन घण्टाको तीन हजार, काउली रोप्न ड्याग बनाउन एकजना मानिसलाई दुई दिन र रोप्न दुई दिन गर्दा कुल चार जना मानिसको प्रतिदिन एक हजारको दरले ज्याला गरी कुल चार हजार, रासायनिक मल युरिया एक बोराको दुई हजार पाँंच सय, पटकपटक गरी १० पटकमा फलेको काउली काट्न र थोक विक्रेतालाई मोटरबाटोसम्म पुरयाइदिन एकजना मानिसलाई एक दिनको एक हजार गरेर १० पटक अर्थात् १० दिनको १० हजार, एक रोपनी खेतको कुट अर्थात् भाडा लिएबापतको चलनचल्तीको रकम १५ हजारदेखि २० हजार तिर्नुपर्छ । यसमा वीचवीचमा खेतमा गोडमेल गर्ने, रासायनिक मल, घरेलु मल राख्नलाई ज्याला हिसाब गर्ने हो भने अझै एक पटकको सिजनमा पाँंच सात जना मानिसको ज्याला पाँंच सात हजार गरी कुल ५० हजार भन्दा वढी खर्च लागेको हुन्छ । तर आम्दानीको सामान्य हिसाब गर्ने हो भने एक बोट काउलीको सालाखाला एक किलोले हिसावले एक हजार बोटको उठने कुल अम्दानी एउटा काउलीको पाँंचपाँंच रुपैयाँंले कुल पाँंच हजार हुन आउँंछ ।
सिपाडोलको यो पूरै फाँंटमा धेरै किसानले एकदुई एकदुई रोपनी गरेर काउली रोपेर फलाएका छन् । तर हिसावै गर्ने हो भने सवैको हालत उही नै हो, ५० हजार खर्च गरेर पाँंच हजार आम्दानी ।
खेतमा रहेका अर्का किसान कृष्णहरि ग्वाछा हिसाव किताब गर्ने हो भने खेतमा बाली लगाउनु भन्दा नलगाउनु धेरै हिसावले फाइदा रहेको बताउँंछन् । खेतमा बाली लगाउने उठने आम्दानी ज्यामी राखेर गर्नुपर्ने हो भने ज्यामीलाई दिन नै नपुग्ने उनको पनि लाटो हिसाव छ । अन्य रासायनिक मल, खेतको भाडा पनि हिसाव गर्ने हो भने आम्दानी र खर्चको हिसाव आफूहरुले बोक्ने खर्पण भन्दा पनि असन्तुलित हुने उनी बताउँंछन् । उनका अनुसार काउलीमा मात्रै होइन, धान, गहुँंलगायतका वर्खे बाली होस् अथवा आउली बन्दालगायतका नगदेबाली नै होस् हिसाव उही छ घाटाको काम ।
स्थानीय किसानहरुसँंगको छुटाछुटै भेटमा सवै किसानहरुको निष्कर्ष एउटै छ, नाफाघाटाको हिसाव गर्ने हो भने खेत बाँंझो राखेर बस वा विदेश जाउ नै भनेको हो अप्रत्यक्षरुपमा । यसो भए पनि भक्तपुरका मेहनती किसानले खेत बाझो राख्दैनन् । आफनै खेतहरुमा आफैं ज्यामी भएर काम गर्छन् र हिसाव किताव नगरी निरन्तर श्रममा लागिरहन्छन् ।
बक्स
एक रोपनी खेतमा काउली रोप्न लाग्ने सालाखाला खर्च विवरण
१) एक हजार बोटका प्रतिबोट दुई रुपैयाँंले २,०००।
२) काउली रोप्न खेत खन्नलाई खेत जोत्दा ट्याक्टर (पावर टेलर)लाई प्रतिघण्टा एक हजारका दरले तीन घण्टाको ३,०००।
३) काउली रोप्न ड्याग बनाउन एकजना मानिसलाई दुई दिन र रोप्न दुई दिन गर्दा कुल चार दिनको प्रतिदिन एक हजारको ज्याला गरी कुल ४,०००।
४) रासायनिक मल युरिया एक बोराको २,५००।
५) पटकपटक गरी १० पटकमा फलेको काउली काट्न र थोक विक्रेतालाई मोटरबाटोसम्म पुरयाइदिन एकजना मानिसलाई एक दिनको एक हजार गरेर १० पटक अर्थात् १० दिनको १०,०००।
६) एक रोपनी खेतको कुट अर्थात् भाडा लिएबापतको चलनचल्तीको रकम १५ देखि २०,०००।
७) बीचमा गोडमेल गर्न, रासायनिक र लोकल मल राख्न एक सिजनमा पाँंच सात जना ज्यामी गरी पाँंचदेखि ७,०००।
आम्दानी
१) एक हजार बोटको सालाखाला एक किलोको दरले कुल एक हजार किलो उत्पादन र प्रतिकेजी पाँंच रुपैयाँंको हिसावले कुल आम्दानी ५,०००।
फाेटाेमा हेर्नुहाेस्...