सिपाडोल डोलेश्वरमा बनेको प्रहरी चौकीको उदघाटन


मंसिर २८, २०८०, बिहीबार | दिउँसो ०३:२० बजे | 55


सिपाडोल डोलेश्वरमा बनेको प्रहरी चौकीको उदघाटन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ डोलेश्‍वर सिपाडोलमा बनेको नव– निर्मित प्रहरी चौकी डोलेश्‍वर सिपाडोल भक्तपुरको कार्यालय भवन, व्यारेक तथा मेश भवनको बिहीबार उदघाटन गरिएको छ । प्रहरी परिसर भक्तपुरद्वारा आयोजित कार्यक्रमको भवन समुद्‍घाटन काठमाडौं उपत्यका कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख प्र.अ.म.नि. दीपक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 
नेपाल सरकारको प्राप्त बजेटबाट परिसर भक्तपुरको मातहत प्रहरी चौकी डोलेश्‍वर सिपाडोलको भवन व्यारेक, मेश र शौचालय निर्माणमा एक करोड १२ लाख ५६ हजार सात सय ६२ रुपैयाँ दश पैसा लागतमा निर्माण भएको हो ।
कार्यक्रममा बागमति प्रदेश सभा सदस्य किरण थापा, काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्र.ना.म.नि. लालमणी आर्चाय, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख बेद बिष्ट, प्रहरी वृत्त जगातीका प्रमुख प्र.ना.उ. दिप्ती कार्की, नेपाली सेनाका पदाधिकारी, सशस्त्र प्रहरी बलका पदाधिकारी, सूर्यविनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेत, पूर्व प्रहरी उपरीक्षक ध्रुबरत्न हाडा, स्थानीय जनप्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, पत्रकार र स्थानीय भद्रभलाद्‍मीहरु लगायत अन्दाजी दुई जनाको उपस्थितिमा भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न गरिएको हो ।

फाेटाेमा हेर्नुहाेस्...

सिपाडोल डोलेश्वरमा बनेको प्रहरी चौकीको उदघाटन
सिपाडोल डोलेश्वरमा बनेको प्रहरी चौकीको उदघाटन

Comments