भोलिको जुलुश कीर्तिपुरमा साढे दुई बजे
मंसिर २८, २०८०, बिहीबार | दिउँसो ०१:०६ बजे | 70
भक्तपुर । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले गर्दै आएको जुलुश तथा सभा भोलि शुक्रबार कीर्तिपुरमा हुने भएको छ । मंसिर २९ गते शुक्रबार दिनको २ः३० बजे कीर्तिपुर नयाँ बजार ढोकाबाट जुलुश सुरू हुने जनाइएको छ । प्यालेस्टिनी जनताको जीवन रक्षा र इजरायली तथा अमेरिकी युद्धको विरोध गर्न आयोजित जुलुस र सभामा सहभागिताका लागि सम्पूर्ण न्यायप्रेमी जनतासँंग आगै्रह गरिएको छ । ं