भेटेरिनरी औषधि ब्यबसायमा देखिएका समस्याहरु समाघान गर्न मसंग ठोस कार्ययोजनाहरु छन् ः रितेश रिमाल


मंसिर २८, २०८०, बिहीबार | विहान ०५:४७ बजे | 5


भेटेरिनरी औषधि ब्यबसायमा देखिएका समस्याहरु समाघान गर्न मसंग ठोस कार्ययोजनाहरु छन् ः रितेश रिमाल

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ केन्द्रीय कार्यसमितिको १४ औं राष्ट्रिय महाधिबेशन तथा ३३ औं साधारण सभा यही पौष २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा हुन गैरहेको छ । सोही महाधिबेशनको लागि केन्द्रिय कार्यसमितिका बर्तमान बरिस्ठ उपाध्यक्ष रितेश रिमालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । अध्यक्ष पदका उम्मेदवार रिमालले संघको केन्द्रिय कार्यसमितिमा सदस्य, कोषाध्यक्ष, केन्द्रिय सल्लाहकार हुँदै हाल वर्तमान केन्द्रिय कार्यसमितिमा प्रथम उपाध्यक्षको भूमिकामा रहेर सफलतापूर्वक आफ्नो महत्वपूर्ण जिम्मेवारी बहन गरिसक्नु भएको छ ।
जुझारु, स्पष्ट बक्ता एब ब्यबसायीमाझ निकै लोकप्रिय रितेश रिमालसंग आसन्न महाधिबेशनकै सेरोफेरोमा रहेर रत्नकाजी प्रजापतिले गर्नुभएको कुराकानीको सारसंक्षेपः
प्रश्न ः तपाइको उम्मेदवारी किन र के को लागि ?
जवाफ ः नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघको बर्तमान कार्यसमितिको बरिस्ठ उपाध्यक्ष हुनुका साथै संघको केन्द्रिय सदस्य, कोषाध्यक्ष एंब केन्द्रिय सल्लाहकारको भुमिका मैले ्सफलता पुर्बक निभाईसकेको छु। यहि क्रममा मैले संघका समस्याहरु अनि ब्यबसायीले भोग्नु परेका पिडाहरुलाई नजिकबाट पहिल्याएको छु। मैले अबको नेतृत्वमा हुने पर्ने आबश्यक क्षमता पनि बिकास गरिसकेकोले मैले आसन्न महाधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएको हु।
प्रश्न ः भेटेरिनरी औषधि ब्यबसायमा के कस्ता समस्या र चुनौतीहरु रहेका छन? साथै ति समस्याहरुलाई कसरी समाधान गर्ने योजना छ?
जवाफ ः भेटेरिनरी औषधि ब्यबसायमा थुप्रै समस्या र चुनौतीहरु रहेका छन। तर ति समस्याहरु बिगतमा भन्दा फरक फरक हुदै गएको छ। राज्य प्रादेशिक संरचनामा गैसके पछि हाम्रो संघ पनि सोहि अनुरुपको संरचनामा गएको छ। राज्य तिन तहको संरचनामा गैसके पछि नियम कानुनहरु पनि परिमार्जित हुदै जाने क्रममा छ। ति नियम कानुन एन बन्ने तहमा संघले नियमन निकाय संग समन्वय गरेर तहगत रुपमा संघको सहभागिताको प्रत्याभुति गर्नु आबश्यक छ। हाम्रो संघको जिल्ला समितिले स्थानिय तहसंग, प्रदेश कार्यसमितिले प्रदेश सरकार संग अनि केन्द्रिय कार्यसमितिले संघिय सरकार संग समन्वय गर्ने बाताबरण बनाउनु जरुरी छ।
साथै भेटेरिनरी औषधि ब्यबसायमा देखिएका समस्याहरु समाघान गर्नको लागि म संग ठोस कार्ययोजनाहरु छ। मैले ति समस्याहरु समाधान गर्नको लागि अल्पकालिन, दिर्घकालिन र भैपरिआउने गरी तिन प्रकारका कार्ययोजना बनाएको छु।
प्रश्न ः बिना दर्ताका औषधि , खुल्ला सिमाका कारण देखिएका ब्याबसायिक समस्याहरु अनि ब्यबसायमा देखिएका अस्वस्था प्रतिस्पर्धाको बारेमा तपाइको के भनाई छ?
जवाफ ः यी समस्याहरु राज्य, ब्यबसायी र उपभोक्ता एब किसानहरु सबैको लागि ठुलो चुनौति बनेको छ। संबन्धित बिभागमा बिबिघ कारणले अति आबश्यक औषधिहरु दर्ता हुन नसक्नु अनि तिनै औषधीहरु खुल्ला सिमानाका कारण बजारमा उपलब्ध हुदा यो ब्यबसाय संग सम्बन्धित सबै बर्ग मर्कामा परेका छन। अर्को कुरा पशुपंक्षी संग सम्बन्धित सरकारी निकायहरुले बोलपत्र मार्फत माग गरिने अधिकांश अति आबश्यक औषधिहरु दर्ता नभएका कारण ब्यबसायीहरुले सप्लाई गर्न सकेका छैनन। जस्को प्रत्यक्ष असर उपभोक्ताहरुमा परेको देखिन्छ। त्यसैले संबन्धित बिभागले एउटा निश्चित मापदण्ड बनाई अति आबश्यक औषधीहरुको दर्ता प्रक्रिया सहज बनाउनु जरुरी छ।यसका लागि हाम्रो संघले समकक्षी संघ संस्थाहरु संग समन्वय र सहकार्य गरेर अघि बढ्ने छ।
प्रश्न ः संघ नेपाल भरीका ब्यबसायीहरुको छाता संगठन हुनु पर्नेमा त्यसो हुन नसकेको भन्ने ब्यबसायीको आरोप छ । यस्मा तपाइको भनाई के छ?
जवाफ ः यस्मा केहि सत्यता हुन सक्ला। संघ प्रादेशिक संरचनामा गैसके पछी जिल्ला र प्रदेश कार्यसमितिका भुमिकाहरुमा केहि अन्यौलता रहेको छ जस्तो लाग्छ मलाई। साथै बिबिध कारणले गर्दा संघका गतिबिधिहरु ज्ल्लिा तहसम्म जान सकेको छैन। त्यसैले अबदेखि जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति मार्फत बिबिध तालिमहरु, सेमिनारहरु लगायत ब्यक्तित्व बिकास अनि सामाजिक कार्यका साथै संघका सदस्यहरु उत्प्रेरित हुने खालका कार्यक्र्महरु ल्याउने योजनामा छु। साथै समकक्षी संघसंस्थाहरु संग सहकार्य र कार्यगत एकता गर्दै अघि बढ्ने योजना छ मेरो।
प्रश्न ः तपाइको जितको आधार चाहि के हो?
जवापÞm ः म यस संघको केन्द्रिय कार्यसमितिमा २०७२ साल देखि आबद्द छु। केन्द्रिय सदस्य देखि कोषाध्यक्ष, केन्द्रिय सल्लाहकार अनि बरिस्ठ उपाध्यक्ष सम्मको भुमिका सफलतापुर्बक सम्पन्न गरीसकेको छु। मैले कार्यसमितिमा रहदा गरेका कामहरु, दिएका सल्लाह सुझाबहरु अनि मेरा भिजनहरु ब्यबसायीहरु सबैलाई अबगत नै छ। म केन्द्रिय सदस्य हुदा मैले प्रदेश न १ ( कोशी प्रदेश) को संयोजक भएर प्रदेश कार्यसमिति गठन भएको थिए। कोषाध्यक्ष हुदा कोष संचालनका लागि दुई तिन वटा कार्यबिधिहरु बनाएको थिए जस्ले संघको कोष संचालनमा एउटा सिस्टम बसालेको थियो। मैले नै संघको साधारण सभा प्रदेश न ७ मा र महाधिबेशन प्रदेश न १मा गर्ने प्रस्ताब राखेको थिए जुन सफल पनि भएको थियो। बिराटनगरमा महाधिबेशन हुदै गर्दा मैले पद नै सबथोक होइन भन्दै  निर्वाचन प्रक्रियाबाट बाहिरिएको थिए तर पछि केन्द्रिय कार्यसमितिले मेरो आबश्यकता महशुस गर्दै केन्द्रिय सल्लाहकारमा मनोनित गरेको थियो।
त्यसपछि १३ औ माहाधिबेशनबाट उपाध्यक्षमा निर्वाचित भए पछि बरिस्ठ उपाध्यक्ष अनि केहि समय कार्यबाहक अध्यक्ष हुदै आफ्नो पदिय दायित्व सक्रियता पुर्वक निर्वाह गरेको छु। मैले नेपाल उद्योग बाणिज्य महासंघको जिम्मेवार पदहरुमा संघलाई नियुक्ति दिलाउनु सफल भएको छु। जस अनुसार पुर्ब अध्यक्ष ऋषि बडाल, भुपेन्द्र गौतम र म स्वय जिम्मेबार पदमा रहेर काम गर्ने मौका पाएको थिए।
ब्यबसायी साथिहरुले मेरो यिनै सक्रियता र मैले खेलेका भुमिकाहरुको मुल्यांकन गर्दै मलाई अध्यक्षमा उठनको लागि गरेको आग्रह , माया र स्नेह नै मेरो जितको आधारहरु हुन।
प्रश्न ः अन्तमा आम ब्यबसायीहरुलाई के भन्न चाहनु हुन्छ?
जवाफ ः निकै लामो गर्बिलो ईतिहास बोकेको हाम्रो यो संघको गरिमा र महत्व कायम गर्दै संघको उद्देश्य अनुरुप काम गर्न सक्ने , संघलाई नजिक बाट चिन्ने, ब्यबसाय र ब्यबसायीका समस्याहरु समाघान गर्ने सक्ने अनि चाहिएको बेला चाहिएको ठाऊमा हाम्रो कुरा स्पष्ट संग राख्न सक्ने नेतृत्व चयन गर्नु होस। ्यो महाधिबेशनलाई एकताको महाधिबेशन ्बनाउदै आफ्नो बुद्दि र बिबेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गरेर सबल र सक्षम नेतृत्व चुन्न अनुरोघ गर्दछु। साथै सुन्दर नगरी भरतपुरमा हुन गैरहेको महाधिबेशन भब्य रुपमा सफल पार्न पनि अनुरोध गर्दछु।


Comments