किन भाइरल बन्यो सूर्यविनायकको यो फोटो ?
मंसिर २७, २०८०, बुधबार | दिउँसो ०३:४५ बजे | 55
भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजना बुधबार पनि भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा इजराइलले प्यालेस्टाइनमाथि गरेको अनावयीय आक्रामणको विरोधमा जुलुश तथा सभा भएको छ । सभामा पार्टीका केन्द्रिय सदस्यलगायतका त्यो भन्दा तलका पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरु वक्ताका रुपमा रहे । तर सोही पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवाल दर्शकको रुपमा मात्रै देखिए, त्यो पनि पछाडिको मेचमा बसेर । तस्वीरमा सांसद सुवाल सामान्य कार्यकर्ताहरुकैविचमा धेरै पछाडि सामान्य रुपमा दर्शकका रुपमा मात्रै देखिए । सायद यही कारण यो फोटोलाई धेरैले फरक रुपमा बुझे, मन पराए अनि भाइरल भए । सामान्यता नेता भनेपछि सधै वक्ता नै हुनुपर्ने नभए सामान्य कार्यकर्ता जस्तै दर्शक मात्रै हुने चलन सायदै सामान्य हुन्छ नेपालमा । सामान्यतया ठूला नेता बक्ता नभएपछि आफूभन्दा तलको कार्यकर्ताको भाषण सुन्न ठूला नेता कार्यक्रममा पुग्दैनन्, अनुपस्थित हुन्छन् । यही असामान्य अवस्था देखिएकोले धेरैले यसलाई असामान्य फोटोको रुपमा लिएको हुनसक्छ ।
फाेटाेमा हेर्नुहाेस्...