कोरोना न्युनीकरण गर्न मनोसामाजिक पक्षलाई पनि ध्यानदिनुपर्नेमा जोड
असोज २४, २०७७, शनिबार | दिउँसो ०१:५४ बजे | 25
काठमाडौ ः कोरोना न्युनीकरणमा मनोसामाजिक पक्ष महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मुलुकमा निम्तिने अनेक समस्याको समाधानका लागि निश्वार्थ रुपमा सक्रिय हुने सोचका साथ गठित कम्पास (युवाहरुको समूह) ले ‘साइको सोसियल इम्प्याक्ट अफ कोभिड १९ एण्ड कोपिंग विट इट’ विषयमा सरोकारवालाहरुसँंग गरेको बेविनार अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताहरुले कोरोनासँंग मनोसामाजिक पक्षको सम्वन्ध गहिरो रहने चर्चा गरे ।
कार्यक्रम तीन चरणमा भएको थियो । पहिलो चरणमा त्रिभुबन विश्वविद्यालय शिक्षण अस्पतालका क्लिनिकल मनोचिकित्सक डा सुरज शाक्यले विषयवस्तुमाथि पावर प्वाइन्टबाट प्रस्तुति दिएका थिए । दोश्रो चरणमा कोभिड संक्रमण भई निको भइसकेका डा भोला रिजाल र सहप्राध्यापक डा रञ्जनकुमार दाहालले कोभिड संक्रमण हुँंदा आफनो घरपरिवार, छरछिमेक, नातागोता, आफन्त, समग्र समाजले आफूहरुप्रति गरेको व्यवहार, हेराइको दृष्टिकोण आदिकोबारेमा आआफनो अनुभब सुनाएका थिए । त्यसपछि अर्थात् तेश्रो चरणमा कार्यक्रममा सहभागीहरुले राखेका प्रश्नहरुकोबारेमा सवालजवाफ भएको थियो ।
कार्यक्रममा डा भोला रिजालले कोरोनासँंग जित्नका लागि पहिलो आवश्यकता आत्मबल रहेको चर्चा गरे । त्यस अर्थमा कोरोनालाई जित्न मनोसामाज महत्वपूर्ण रहेको चर्चा उनले गरे । उनले आफनो र आफनो श्रीमती कोरोनामुक्त भएपछि कोरोनाका अरु विरामीलाई आफूहरुको कोरोना अनुभब सुनाउँंदा त्यसले उनीहरुलाई पनि कोरोना जित्न सहयोगी भूमिका खेलेको अनुभब सुनाए ।
सहप्राध्यापक डा रञ्जनकुमार दाहालले कोभिड न्युनीकरणमा मनोसामाजिक प्रभावको भूमिका महत्वपूर्ण रहेकोले यसमाथि विशेष ध्यानदिनुपर्ने बताए । उनले कोरोनाबाट बच्न मनोबैज्ञानिक तथा सामाजिक पृष्ठभूमि महत्वपूर्ण रहेको बताए ।
त्रिभुबन विश्वविद्यालय शिक्षण अस्पतालका क्लिनिकल मनोचिकित्सक डा सुरज शाक्यले कोभिड १९ प्रकोपमा स्वहेरचाह विषयमा प्रस्तुति प्रस्तुतीकरण गर्दै मानिसलाई शरीरलाई मात्रै होइन, सोचलाई पनि ज्वरो आउने हुनाले मन बलियो बनाए कोरोनासँंग लड्नसक्ने बताए । जसरी मानिस विरामी पर्छ, त्यसरी नै उसको सोच विरामी परेमा अर्थात् आत्मबल गिरेमा त्यस्ता व्यक्तिलाई वढी कोरोनाले सताउने उनले बताए ।
कार्यक्रममा कम्पासका सदस्य ईन्जिनियर कृष्णभक्त दुवालले कोरोनाबाट मृत्यु भएका सवैमा समवेदना व्यक्त गर्दै विरामी सवैको शिघ्र स्वास्थ्य लाभको कामना गरे । कोभिड १९ को सुरुवातीको क्रममा आफू पनि चीनमा रहेको स्मरण गर्दै उनले कोरोनालाई छिटै जितेर थिशिल भएको सवै क्षेत्र छिटोभन्दा टंग्रिन्ने विश्वास व्यक्त गरे ।
तज्यांक अनुसार हालसम्म संसारभर झण्डै चार करोडको हाराहारीमा मानिसहरु कोरोना संक्रमित भइसकेका छन् । कोरोना संक्रमित हुनेहरुको यो संख्या विश्वभर दैनिक बढिरहेको छ ।
कार्यक्रमको मोडेरटोरको रुपमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक कमलराज गोसाई रहेका थिए । कोरोनाका कारण समाजमा व्याप्त गलत मनोसामाजिक दृष्टिकोणलाई परिवर्तन गर्नु कार्यक्रमको उद्देश्य रहेको बताएको थियो । ‘यसबाट हामीले कोरोनासँंग लडनसक्ने मनोबैज्ञानिक शक्तिको विकास हुने अपेक्षा गरेका छौं’, कार्यक्रमका संयोजक गोर्साइले भने । कार्यक्रममा देशभरका डाक्टर, इन्जिनियर, व्यवस्थापक, नीतिनिर्माता, शिक्षक, कर्मचारी, विद्यार्थी सवै तह तप्काका बुद्धिजीवीहरुले सहभागिता रहेको थियो ।
भक्तपुरका युवाहरुको अगुवाइमा स्थापना गरिएको कम्पासमा सवै क्षेत्रका बुद्धिजीवीहरु संगठित भएको जनाइएको छ । हालको लागि पदविभाजन नगरिएको कम्पासमा देशैभरिका बुद्धिजीवीहरु रहेको बताइएको छ । कम्पासले भावी दिनमा पनि समसामाजिक विषयमा छलफल, अन्तरक्रिया गरी समस्या समाधान गर्नमा मद्धत गर्ने लक्ष्य लिएको छ ।