राष्टिय सभाको निर्वाचन ः नेमकिपासहित पाँंच दलको दलदर्ताको निवेदन


मंसिर २७, २०८०, बुधबार | विहान ०६:०४ बजे | 55


राष्टिय सभाको निर्वाचन ः नेमकिपासहित पाँंच दलको दलदर्ताको निवेदन

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म पाँच दलले  दल दर्ताको निवेदन दिएका छन् । दर्ताका निम्ति निर्वाचन आयोगले तोकेको  दोस्रो दिन सोमबार दिउँसो १ः३० बजेसम्म पाँच दलले निवेदन दिएकाे निर्वाचन आयोगले जानकारी दिएको छ।

दल दर्ताको निवेदन दिनेमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन्।दल दर्ताका  निम्ति निर्वाचन आयोगले मंसिर २९ गतेसम्मको समय तोकेको छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ।माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन्।


Comments