एभरेस्ट स्कुलका १८ जना छात्रा सेल्फ डिफेन्स सहायक प्रशिक्षक
मंसिर २४, २०८०, आइतबार | दिउँसो १२:४९ बजे | 75
भक्तपुर । भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीले महिलापुरुष सवैखाले हिंसाविरुद्ध आवाज वुलन्द गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन् । अझैसम्म पनि लैगिक हिसां संसारबाट अन्त्य नभएको भन्दै उनले लिंगका आधारमा हुने जुनसुकै हिंसाको अन्त्य आवश्यक भएको बताइन् । महिला हिंसाविरुद्धको अभियान १६ दिनमा सिमित नराखी बरु वर्षैभरि चलाउनुपर्नेमा उनले जोड दिइन् ।
नेपाल सेल्फ डिफेन्स संघको सहयोगमा भक्तपुरको एभरेस्ट स्कुल मिवाछें व्यासीमा आइतबार भएको पाँंचदिने सेल्फ डिफेन्स तालिम समापनको अवसरमा भएको कार्यक्रममा सवै किशोरकिशोरीसम्म पुरयाउनुपर्ने भएकोले यसलाई वर्षैभरि चलाउनुपर्नेमा उनको धारणा थियो ।
न्यायिक समितिकी संयोजक रजनी जोशीले महिला हिंसाको अन्य सुरु भएको तर समाप्त नभएकोले यो अभियानलाई वर्षैभरि चलाउनुपर्ने बताइन् । उनले भक्तपुरमा पनि यस्ताखालका घटना छिटफुट रुपमा हुने गरेको पाइएकाले आफूहरु निर्वाचित भएको पहिलो वर्ष नै नगरका सवै वडावडामा सेल्फ डिफेन्स तालिम दिएको सम्झिन् ।
नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डा डिवी रनपालले आफनो संघले देशैभरि विभिन्न स्कुल, स्थानीय निकायहरुसँंग मिलेर निरन्तर तालिम प्रदान गर्दै आइरहेको जनाए । आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, प्रिन्सिपल भक्त राजभण्डारीलगायतले किशोरकिशोरीलाई सेल्फ डिफेन्सको तालिमको महत्व बुझेर तालिम दिएको बताए ।
समापन कार्यक्रममा तालिममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै तालिममा सहभागीहरुमध्ये उत्कृष्ट १८ जनालाई छनौट गरी सहायक प्रशिक्षक घोषणा गरिएको थियो । उनीहरुलाई त्यसको प्रमाणपत्र पनि दिइएको थियो । स्कुलमा पाँंचदिने तालिम भएको थियो । तालिममा कक्षा ८ र ९ मा अध्ययनरत एक सय सात जना छात्राहरु सहभागी भएका थिए ।
समापन कार्यक्रममा विद्यार्थीले सेल्फ डिफेन्स सिकेका कुराहरु डेमा गरी देखाएका थिए । साथै उनीहरुले नाटकमार्फत पनि यसबारे जानकारी गराएका थिए । साथै प्रशिक्षकहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...