भक्तपुर नगरपालिकालाई ध्यानाकर्षणपत्र हस्तान्तरण
मंसिर २४, २०८०, आइतबार | दिउँसो १२:०८ बजे | 55
भक्तपुर । मानवअधिकार एलायन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल, भक्तपुरद्वारा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई मानवअधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औं वार्षिकोत्सवको अवसरमा ध्यानाकर्षण पत्र नगर प्रमुखको कार्यकक्षमा हस्तान्तरण गरियो ।
सो ध्यानाकर्षण पत्रमा नेपालमा जलवायू परिवर्तनको असर, नियमित प्रकोपहरु, महामारी, सडक दुर्घटना, हिंसा, हत्या जस्ता घटनाहरुका कारण नागरिकहरु असुरक्षित रहेको र वैदेशिक रोजगारी असुरक्षित भएको तथा स्वरोजगारको व्यवस्था कमजोर भएको, जातीय तथा लै·िक विभेद, छुवाछुत जस्ता घटनाहरु भइरहेको, विकास योजना निर्माण गर्दा मानवअधिकारका विषयहरुलाई कम ध्यान दिइएकोलगायतका विषयहरु उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा ती विषयहरुमा समस्या समाधान गर्न राज्यका संघ, प्रदेश र स्थानीय तह गरी सबै निकायहरु र सरकारहरु जिम्मेवार हुनुपर्ने समेत उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रजापतिले स्वच्छ खानेपानी, सफाइ र प्रदुषणरहित वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार संविधानले सुनिश्चित गरे पनि व्यवहारमा जनताले उपभोग गर्न नपाएको र रोजगारीको लागि नेपालीहरु विदेशमा जानुपर्ने दुःखदायी अवस्थाले नेपालको जनताले माव अधिकार राम्रो उपभोग गर्न नपाएको बताउनु भयो ।
उहा“ले भनपाले शिक्षा, स्वास्थ्य र सरसफाइ लगायतका कानूनले प्रदान गरेको अधिकार भित्र रही जनताको हितमा कार्य गरिरहेको सो अवसरमा उल्लेख गर्नुभयो ।