सार्क सीसीआई टोली र बीसीसीआई पदाधिकारीबीच भेट


मंसिर २३, २०८०, शनिबार | दिउँसो ०२:४३ बजे | 35


सार्क सीसीआई टोली र बीसीसीआई पदाधिकारीबीच भेट

भक्तपुर ः सार्क चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्र«ी (सार्क सीसीआई)का प्रतिनिधिहरुको टोली र भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई)का पदाधिकारीहरुबीच शनिबार छलफल भएको छ । 
सार्क सीसीआईका अध्यक्ष जसिम उद्दिनको नेतृत्वमा आएको टोली र बीसीसीआईका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुबीच बीसीसीआईको सभाहलमा छलफल भएको हो । सार्क सीसीआईका अध्यक्ष उद्दिनले देशमै पहिलो आईएसओ प्राप्त उद्योग वाणिज्य संघको रुपमा रहेको भक्तपुर उद्योग वाणिज्य संघमा आएर भेटघाट तथा छलफल गर्न पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए । उनले बीसीसीआईले गरिरहेको गतिविधि र हासिल गरेको उपलब्धिको खुलेर प्रसंशा गरे । उनले सार्क सीसीसीआईले सार्कका सदस्य राष्ट्रहरुबीच निजी क्षेत्रका माध्यमबाट आर्थिक व्यावसायिक सम्बन्ध तथा लगानी विस्तार गर्दै आएको बताए । सार्कका सदस्य राष्ट्रहरुको आर्थिक विकासका लागि सहकार्य र आपसी सहयोगका साथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 
बीसीसीआईका अध्यक्ष शिवप्रसाद मानन्धरले सार्क सीसीआईका प्रतिनिधिहरुलाई स्वागत गर्दै संघका पदाधिकारी एवं सदस्यहरु र सार्क सीसीआई टोलीका प्रतिनिधिहरुबीचको भेट तथा छलफलले सम्बन्ध विस्तारमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले बीसीसीआईको इतिहास, उद्देश्यका साथै जिल्लाका उद्योग, व्यवसायको हित तथा सम्वद्र्धनका गर्दै आएको गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । 
छलफल कार्यक्रममा सार्क सीसीआईका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, परामर्शदाता उत्तम झाले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा अध्यक्ष मानन्धरले सार्क सीसीआईका अध्यक्ष उद्दिनलाई मायाको चिनोस्वरुप मयुर झ्याल प्रदान गरेका थिए । 
यसैबीच, सार्क सीसीआईका प्रतिनिधिहरु सम्मिलित टोलीले भक्तपुरका विभिन्न सम्पदाहरुको अवलोकन गरे । परामर्शदाता झाले भक्तपुर नगरपालिकास्थित प्रसिद्ध पाँचतले मन्दिर, दरबार स्क्वायर, पचपन्ने झ्याल दरबारलगायतका क्षेत्रको इतिहास बारेमा टोलीलाई जानकारी गराएका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

सार्क सीसीआई टोली र बीसीसीआई पदाधिकारीबीच भेट
सार्क सीसीआई टोली र बीसीसीआई पदाधिकारीबीच भेट

Comments