कालीघाट पुस्तकालयमा स्मृति कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी


मंसिर २३, २०८०, शनिबार | दिउँसो ०२:३० बजे | 50


कालीघाट पुस्तकालयमा स्मृति कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी

भक्तपुर । भक्तपुर कासन ब्यासीस्थित कालीघाट पुस्तकालयको आयोजनामा आज नेपाल क्रान्तिकारी महिला संघको प्रकाशन स्मृतिमा कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी  पुस्तकालयमा सम्पन्न भयो । कार्यक्रममा अतिथि नेपाल पुस्तकालय संघका केन्द्रिय अध्यक्ष ईन्द्रप्रसाद अधिकारीले सार्वजनिक पुस्तकालय भन्नेको सर्वसाधारण जनताको विश्व विद्यालय हो, यसको संरक्षण तथा विकासमा स्थानिय निकाय तथा जनताको अहम भूमिका हुन्छ,  चीनका राष्ट्रपति सी जि पिङ्ग ग्रामीण जनताको क्षेत्रमा गई कृषि उत्पादन, वीउ विजन र जनताको स्वास्थ्य र अध्ययन अध्यापनबारे छलफल गर्छन, अमेरिकी राष्ट्रपतिहरु पनि महिनाको दई पटक सार्वजनिक पुस्तकालयमा गई कथा बाचन गरी जनतालाई पुस्तकालयमा जान उन्साहित गर्छन, पुस्तकालयको विकास तथा पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनी, टक प्रोगाम, पुस्तक समिक्षा र बुक डोनेशन कार्यक्रमहरु राख्दा राम्रो हुन्छ, कालीघाट पुस्तकालयले स्मृतिमा कामरेड शोभा नामक पुस्तकको अध्ययन गोष्ठी राख्नु भएकोमा आभार प्रकट गर्दै लेखेका केही पुस्तकहरु कालीघाट पुस्तकालयलाई उपहारको रुपमा प्रदान गर्नुभयो ।
 भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले  ब्यासीमा आयोजित ३४ औं नेपाल भाषा साहित्य तःमंूज्यामा अतिथि सत्कार तथा ब्यवस्थापन विषयमा कामरेड शोभा प्रधानबाट सिक्ने अवसर पाएको  छु । भक्तपुर नपाले  विभिन्न कलेज , ख्वप अस्पताल ,तथा टोल टोलमा सामुदायिक स्वास्थ्य चौकि सञ्चालन गरिरहेको छ । भक्तपर नपाले जेहन्दार तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक ऋण र छात्रबृत्ति प्रदान गरिरहेका छ ।  सार्वजनिक पुस्तकालयलाई अनुदान उपलब्ध गराई सहयोग गरिरहेको  छ ।भक्तपुर नपाले  नगरवासिहरुलाई  निःशुल्क अक्सिजन र रगत वितरण को साथै विभिन्न कार्यक्रम मार्फत अग्रजहरु तथा सांस्कृतिक गुरुहरुलाई सम्मान गरिहेको छ भन्नुभयो । 
स्थानिय समाजसेवी गणेशप्रसाद सुवालले कामरेड शोभा प्रधानले  प्रौढ कक्षा तथा विद्यालयमा पढाएर धेरै महिलाहरुलाई शिक्षित पारेको छ । श्रमिक आदर्श माविमा पनि सँगै पढाउने शवसर पाएको र शोभा मिसले नेपाली विषय पढाएको स्मरण गर्नभयो । उहाले अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्तान जनताको अस्पताल र विद्यालयमा धेरै बालक गर्भबत्ति महलिाको हत्या गरेकोमा भत्सर्ना गर्नुभयो ।
 कार्यक्रमका सभापति कालिघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले अग्रजहरुको सल्लाह अनुसार  पुस्तकालय स्मृतिमा कामरेड शोभा प्रधान नामक पुस्तकको अध्ययन गोष्ठि आयोजना गरेको हो । कालीघाट पुस्तकालयलाई ई लाइबेरीको रुपमा विकास गर्न कतिबद्ध रहेको बताउदै पूस्तकालयमा हाल उपलब्ध सुविधाबारे जानकारी गराउनु भयो  ।  अध्ययन गोष्ठीमा कालीघाट पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल,  पुस्तकालय सदस्य लिलाराम जेनी , लक्ष्मी विक  र साहित्यकार तथा लेखक इश्वर थोकरले पनि स्मृतिमा कामरेड शोभा पुस्तकमा  समाबेश लेखहरुबारे चर्चा गर्दै अध्ययन गोष्ठिमा बोल्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

कालीघाट पुस्तकालयमा स्मृति कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी
कालीघाट पुस्तकालयमा स्मृति कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी
कालीघाट पुस्तकालयमा स्मृति कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी

Comments