भोलि मध्यपुर थिमिमा जुलुश तथा सभा


मंसिर २३, २०८०, शनिबार | विहान ११:२८ बजे | 50


भोलि मध्यपुर थिमिमा जुलुश तथा सभा

भक्तपुर । इजरायलले प्यालेस्टाइनमाथि गरेको अमानवीय आक्रमणविरुद्ध भोलि मंसिर २४ गते आइतबार भक्तपुरको मध्यपुर थिमिमा जुलुश तथा सभा हुने भएको छ । दिउँसो ठिक ३ः३० बजे ठिमीको बोडेबाट सुरू हुने विरोध जुलुश बालकुमारीमा पुगेर सभामा परिणत हुने जनाइएको छ । कार्यक्रम नेपाल मजदुर किसान पार्टी निकटको नपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा हुने जनाइएको छ । कार्यक्रममा सहभागी हुन आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ । 

Comments