बोडेको श्री महालक्ष्मी साकोसको साधारणसभा भोलि
मंसिर २२, २०८०, शुक्रबार | दिउँसो ०३:२५ बजे | 40
बोडे । भक्तपुरको मध्यपुर थिमि बोडेस्थित श्री महालक्ष्मी बचत तथा श्रृण सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा शनिबार हुने भएको छ । संस्था स्थापनाको २५ औं वर्ष तथा रजन महोत्सवको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो ।
सम्मेलनमा संस्थाका अध्यक्ष कृष्णसुन्दर श्रेष्ठले पत्रकारहरुको प्रश्नको जवाफ दिंदै सहकारीले समुदायको हितमा काम गर्दै आएको जानकारी गराए । त्यसकारण समुदायको सहयोग, सदभाव, विश्वासले सहकारी सहकारी चलेको उनले बताए ।
सम्मेलनमा सहकारीको इतिहासबारे चर्चा गर्दै सल्लाहकार विनोद खम्वूले स्थानीय इन्द्रहरि बुढाको कौसिमा २०५३ कार्तिक २६ गते बैठक बसी संस्था स्थापना गरेको स्मरण गरे । अर्का सल्लाहकार श्यामकृष्ण खम्वूले औलामा गन्न सकिने सहकारीको वदमासीका कारण सारा सहकारी वदनाम हुन नहुने भन्दै यसमा सवैजना सचेत हुनुपर्ने बताए । कार्यक्रममा व्यवस्थापक इन्द्रहरि वुढा श्रेष्ठले संस्थाको पाँंच पृष्ठ लामो प्रगति प्रतिवेदन पढेर सुनाएका थिए ।
तस्वीरहरु विकुराम तजले
फाेटाेमा हेर्नुहाेस्...