विद्यार्थीहरु कोही पानीपुरी खादै त कोही.........
मंसिर २२, २०८०, शुक्रबार | विहान ११:५२ बजे | 35
भक्तपुर । विद्यार्थीहरु कोही पानीपुरी खा“दै त कोही पानीपुरी बनाउ“दै । कोही रसियन सलाद खा“दै त कोही योमरी बनाउ“दै । कोही गाउ“दै, कोही नाच्दै, कोही भादगाउ“ले टोपी किन्दै लाउ“दै । वागीश्वरी कलेज तुमचो कमलविनायकको प्राङ्गणमा विद्यार्थीहरुको भरिभराउ दृश्य हो यो ।
घरमा आफै पकाएर खाइयो वा खुवाइयो थाहा छैन । तर आज भने जति पकाए पनि नभ्याउने पकाउनेहरु पकाइरहेका छन्, यता टिकट काउण्टरमा टिकट काट्नेलाई उतिकै भ्याइनभई । हाफ प्लेटको रु.३० र फुलप्लेटको रु ६० ।
बढारकुढारको टोली उतिकै सक्रिय, भा“डाकुडा माझ्ने टिम पनि उतिकै व्यस्त ।
सबैतिर ध्यान दिइरहने शिक्षकत्रय गणेशप्रसाद दुवाल , दिलिप वासुकला र रोजी गाइसी सबैलाई निर्देशन दिन यताउता निगरानी मै बेफुर्सद ¤
उपर्युक्त दृश्य हो वागीश्वरी मा.वि., वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा कक्षा १२ मा अध्ययनरत होटेल मानेजमेन्टका विद्यार्थीहरुको पहलमा भएको ‘पहिलो खाद्य मेला २०८०’को ।
मेलामा १० वटा स्टलको व्यवस्था गरिएको थियो । पहिलो स्टल टिकट काउण्टर, दोस्रो, तेस्रो, चौथो, पा“चौ, छैटौ“, सातौ“ ,आठौ“ स्टलमा विभिन्न खाद्य परिकारहरु नवौ“ स्टलमा वागीश्वरी उद्यमशील कार्यक्रमको घरेलु उत्पादन बिक्री कक्ष थियो भने दशौ“ स्टल मनोेरञ्जनको लागि राखिएको थियो ।
मनोरञ्जन स्टलमा ‘भ्वाइस अफ वागीश्वरी’का प्रतिभाहरुले गीत गाएर मेलालाई उल्लासमय बनाइरहेका थिए भने उद्यमशील कार्यक्रमको उत्पादन बिक्री कक्षमा पुराना घरेलु कपडाबाट निर्मित विभिन्न चार प्रकारका वस्तुहरुका साथै भादगाउ“ले टोपी राखिएका थिए । उद्यमशील शिक्षिका निष्ठा कायष्ठ भन्नुहुन्छ– ‘बिक्रीमा ल्याएका सबै सामानहरु बिके । ‘पहिलो अनुभव भएकाले कति बिक्री हुन्छ भनेर अनुमान गर्न सकिएको थिएन जे होस् खुशी छु उत्साहित छु । ’ शिक्षिका कायष्ठकोे उत्पादन बीबीए दोस्रो वर्षको मार्केटिङ्का विद्यार्थीले बेचेर मार्केटिङको व्यावहारिक ज्ञान बटुल्दै थिए ।
खाद्य स्टलहरुमा क्रमशः पानीपुरी चटपटे, हट एण्ड सावर सुप, रसियन फुड सलाद, चिकेन एण्ड पोटाटो , मःम ( भेज, बफ, चिकेन), मिट बल, योमरी, मकटेल ब्रेभरेज राखिएका थिए ।
मेलाको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले पढेर जानेका कुराहरु व्यवहारमा उतार्ने यो प्रयास प्रशंसनीय भएको भाव व्यक्त गर्दै अब विद्यार्थीले आफै कमाउ“दै पढ्दै गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खाद्य मेलाको सफलताको कामना गर्दै नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले यस्तो मेला बर्सेनि आयोेजना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले मेला सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो भने, कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
मेला सफलतापूर्वक सम्पन्न भएपछि शिक्षक गणेशप्रसाद दुवालले भन्नुभयो– ‘वागीश्वरीमा होटल मानेजमेन्टले इतिहास रच्न पाएकोमा निकै खुशी छु, साथदिने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । ’
मेला आयोजना गर्न शिक्षक दिलिप वासुकलाले संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो भने प्लस टु इन्चार्ज गेहेन्द्रप्रसाद दाहालले समग्र रेखदेखको भूमिका निर्वाह गर्नुभएको थियो ।