काठमाडौंको स्कुलका विद्यार्थी भक्तपुरको झौखेल कारखानामा
मंसिर १९, २०८०, मङ्गलबार | दिउँसो ०१:४२ बजे | 30
भक्तपुर । ज्ञानोदय माध्यमिक विद्यालय पुरानो कालिमाटी काठमाडौंका विद्यार्थीको एक समूहले भक्तपुरस्थित एक कारखानाको अवलोकन भ्रमणमा पुगेका छन् । स्कुलका कक्षा ९ का सिभिल इन्जिनियरिङका विद्यार्थीले भक्तपुरको चाँंगुनारायणस्थित नेपाल इको प्यानलको उत्पादन कारखानामा अवलोकन भ्रमण गरेका हुन् । विद्यार्थीले कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारत बुझन विद्यार्थीलाई काठमाडौंदेखि भक्तपुरसम्म पुरयाएर कारखानाको अवलोकन भ्रमण गराएको स्कुलका प्रिन्सिपल नातिकाजी महर्जनले बताए ।
कारखानामा पुगेका बिद्यार्थीलाई प्रोजेक्ट म्यानेजर अनिश दाहाल र फ्याक्ट्री म्यानेजर सुजन सुजखूलगायतले इको प्यानल उत्पादनका विविध विषयमा दृश्यावलोकन गराएका थिए । आफनो इको प्यानल अग्नीप्रतिरोधी भएको भन्दै विद्यार्थीलाई इको प्यानलमा मटितेल खन्याएर आगो लगाए पनि नजलेको अभ्यास गरेर देखाइएको थियो ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । तीव्र निर्माण सम्भब हुनु, भूकम्पप्रतिरोधीलगायतका कारण नेपाल इको प्यानल पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म डिलरहरुमार्फत् विक्रीविरण भइरहेका छन् ।
नेपाल इको प्यानलको कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरमा रहेको छ भने कारखाना जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...