मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर जानुको विकल्प छैन ः मल्ल


मंसिर १८, २०८०, सोमबार | दिउँसो १२:०८ बजे | 40


मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर जानुको विकल्प छैन  ः मल्ल

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारण सभासंगै सम्पन्न भएको तेस्रो अधिवेशनबाट      श्री कविदास श्रेष्ठको अध्यक्षतामा नया“ कार्यसमिति गठन भएको छ । वल्ड दरवार पार्टी प्यालेस भक्तपुरमा सम्पन्न भएको सभाबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । २३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्री सुरेन्द्र तुबन्जा श्रेष्ठ, एशोसियट्स तर्फको उपाध्यक्ष्ँमा श्री जगत बहादुर श्रेष्ठ, चारैवटा नगरतर्फका उपाध्यक्षहरुमा क्रमश भक्तपुरबाट श्री राधे सुन्दर सा“यजू, मध्यपुरथिमिबाट श्री चन्द्र भक्त श्रेष्ठ, चा“गुनारायणबाट श्री गोकुल प्रसाद प्रजापति र सूर्यविनायकबाट श्री माधव प्रसाद प्रजापति चयन हुनु भएको छ । यसैगरी महासचिवमा श्री ज्ञानेन्द्र मानन्धर र कोषाध्यक्षमा श्री सुरेन्द्र जाकिबन्जार चयन भएका छन् । कार्यसमिति सदस्यहरु तर्फ श्री अष्टबज्र बज्राचार्य, श्री विजय हाछेथु, श्री न्हुछे राम धुख्वा, श्री पशुपति भुसाल, श्री जीवन मारिखु, श्री विक्रम प्रजापति, श्री नानिबाबु थापा र श्री कुलदिप जिसि चयन भएका छन् । यसैगरी सभाबाट श्री प्रश्रित भोयद्योलाई कार्यसमितिमा मनोनित समेत गरको छ । अब एक जना मानार्थ सहित तीन जना कार्यसमिति मनोनित हुन बाकी छन् । 
यस अघि छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले पानसमा द्विप प्रज्वलन गरी गर्नु भएको थियो । सो अवसरमा वहा“ले मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर जानुको विकल्प नभएको प्रष्ट पार्नु भयो । साथै वहा“ले मुलुकमा लगानीका प्रशस्त सम्भावनाहरु हुदाहुदै पनि राज्यको नीति व्यवसाय मैत्री नहु“दा निजी क्षेत्रको मनोबल गिर्दै गएको जिकिर गर्नु भयो ।
संस्थाका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री रोशनी कुमारी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य तथा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार श्री रोशन भोयद्यो, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धर र भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्री प्रेम कृष्ण खर्बुजाले शुभकामना मन्तव्य दिनु भएको थियो ।
उद्घाटन समारोहकै अवसरमा संस्थाबाट प्रकाशित स्मारिका “आर्थिक संवाहक २०८०” को विमोचन पनि गरिएको थियो भने संस्थालाई आर्थिक योगदान गर्नुहुने संस्थाका सदस्यहरुलाई प्रमुख अतिथिबाट सम्मान समेत गरिएको थियो ।
समारोहमा संस्थाका वरिष्ठ उपाध्यक्ष श्री कविदान श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर जानुको विकल्प छैन  ः मल्ल

Comments