वडा सदस्य शिल्पकारको राजीनामा स्वीकृत
असोज २३, २०७७, शुक्रबार | विहान ११:२२ बजे | 20
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १ का वडा सदस्य विश्वराज शिल्पकारले मिति २०७७ असोज १५ गते दिनुभएको राजीनामा सोही मितिबाटै लागू हुने गरी स्वीकृत भएको जानकारी दिनुभयो । प्रमुख प्रजापतिले असोज २३ गते बसेको कार्यपालिका बैठकमा उक्त जानकारी दिनुभएको हो ।