काठमाडौं ः तपाईं हामी सबैको चाहाना हुन्छ, कम भन्दा कम लागतमा आधुनिक सुन्दर घर ठड्याउन सकियोस् ।अझ कतिपयले पैसा जुवाड गर्न नसकेर आफ्नो घर बनाउने योजना बर्षेनी पछाडि धकेल्दै आइरहेका पनि हुन्छन् । आरसीसी (पिलरर ढलान) प्रविधिबाट एकतलाको सामान्य चारकोठे घर बनाउन पनि ३२।३५ लाख खर्च लाग्छ । अढाई तले घर बनाउँदा झन्डै ७० लाख खर्च गर्नुपर्ने हुन्छ । मनग्य आम्दानी नहुने बर्गले यत्रो रकम कहाँबाट जुटाउन सक्ला ? खासगरी निम्न मध्यम तथा मध्यम बर्गले दशौं वर्ष मिहेनत र संघर्ष गरेर कमाएको पैसा अलिअलि बचत गरेर शहरमा जेनतेन एक टुक्रा जग्गा जोडेको हुन्छ । फेरी घर बनाउनका लागि अर्को दशौं बर्ष मिहिनेत र संघर्ष गर्नुपर्ने हुन्छ । एउटा घर ठड्याउने सपना पुरा गर्न संघर्ष गर्दागर्दै सारा जीवन खर्च गर्छौ ं। तर, अब निर्माण क्षेत्रमा पनि नयाँ नयाँ प्रविधि जन्मिद छन । यी बैकल्पिक बिधिले घर बनाउने सपनालाई सहज र सुलभ बनाउँदैछन् । विश्वभरी विज्ञान र प्रविधिमा भएको विकासले तपाईंको आफ्नै घर बनाउने सपना छिट्टै साकार हुन सक्छ । पछिल्लो समय निर्माण क्षेत्रमा यस्तो आधुनिक प्रविधि विकास भइसकेको छ कि जसले कम लागतमै सुन्दर र बलियो घर ठड्याउन सम्भव भएको छ । अहिले विश्वभर निर्माण क्षेत्रमा विभिन्न प्रविधिहरु जन्मिएका छन जसमध्ये हामीले तपाईंहरुलाई कोरियन प्रविधिबाट कम लागतमै बलियो र सुन्दर घर कसरी बनाउन सकिन्छ भनेर जानकारी गराउँदैछौ ं। कोरियन कम्पनी एसवाई प्यानलले कम लागतमै घर बनाएर तपाईंको सपना पुरा गरिदिन सक्छ त्यो पनि अत्यन्तै कम समयमा ! कोरियन प्रविधिबाट तीनकोठाको एकतले घर बनाउन १२लाख,ठूल्ठूला चारकोठाको एकतले घर बनाउन २० लाख र अढाईतलाको १० कोठा भएको घर ५१ लख रुपैयाँ हाराहारी खर्च लाग्छ । एसवाई प्यानलका सिभिल इञ्जिनिय र एव ंमार्केटिङ म्यानेजर बिमलराज गोसाई ंभन्छन्, ‘आरसीसी प्रविधिको तुलनामा कोरियन प्रविधिकबाट एकतलाको घर बनाउँदा ३० प्रतिशत र अढाई तलाको बनाउँदा २० देखि २५ प्रतिशतसम्म सस्तो पर्छ ।’
 फेब्रिकेटेड घर बनाउन समय पनि धेरै लाग्दैन । तयारी सामान ल्याएर जडान गरिने हुँदा एकतलाको घर बनाउन एक महिना र अढाईतलाको घर बनाउन दुई महिना हाराहारी समय लाग्छ । जबकी आरसीसी प्रविधिको अढाईतले घर बनाउँदा कम्तीमा ६ महिना लाग्छ । दईवर्ष अघि कोरियन नागरिकले चितवनमा ७२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर खोलेको एसवाई प्यानलले २ देखि ६ इन्चसम्मको मोटाईमा विभिन्नि किसिमका फेब्रिकेटेड छाना र वालहरु उत्पादन गर्दै आइरहेको छ । अहिले यो कम्पनीका देशभर ५३ वटा डिलर पुगिसकेका छन् अर्थात कोरियन प्रविधि छोटो अवधिमै गाउँशहर पुगिसकेको छ ।

...

All Comments.......


Please Login/Register To Comments