नेक इन्जिनियरको टोली हाते पम्प विकास गर्न सफल
मंसिर ६, २०८०, बुधबार | दिउँसो ०३:२३ बजे | 90
काठमाडौं । नेपालका मेकानिकल इन्जिनियहरुको टोलीले हातले चलाउन सक्ने सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प (ग्लुपर प्रोजेक्ट) को विकास गर्न सफल भएका छन् । ग्रामिण भेगका लागि काम लाग्ने डिजेल पेटोल केही पनि नचाहिने हातैले चलाउने सेफ्टी ट्ंयांकी सफा गर्ने हाते पम्पको विकास गर्न सफल भएको हो । टोलीमा सहभागी मेकानिलक इन्जिनियरहरुका अनुसार यस्तो मेशिनको विकाश भएको यो नै संसारकै पहिलो हुनसक्छ । किनकि यस्ता मेशिन विकशित देशका लागि आवश्यक नै छैन ।
प्रा. सावित्री त्रिपाठी, डा अरुण सत्याल, प्रकाश बस्याल र अनिल सापकोटा गरी चार जना इन्जिनियरहरुको समूहले मेशिनको विकास गर्न सफल भएको हो । उनीहरु सवैजना नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका मेकानिकल इन्जिनियरिगका एसोसियट प्रोफेसर इन्जिनियरहरु हुन् । उहाँंहरुमध्ये प्राध्यापक सावित्री त्रिपाठी साइन्स एण्ड ह्युमिनिटिज डिपार्टमेन्टका प्राफेसर हुन् । उहाँंकै नेतृत्वमा सेफ्टी टैंकीको सफाइ मेशिन बनेको हो ।
समूहका एकजना डा अरुण सत्यालले यसको सफल परीक्षण हुन बाँंकी रहेको बताए । चारजना मेकानिलक इन्जिनियरहरुको महिनौको प्रयासपछि यो पम्पको विकास भएको डा सत्यालले सुनाए । यसका लागि पहिला नै आफूहरुको समूहले कन्सेप्ट बनाइ कम्प्युटरमा खाका तयार गरेको र त्यही अनुसार एकजना मेकानिक्स र सहयोगी गरी दुईजनाले आफूहरुको अवधारणा अनुसार मेशिन तयार गरेको डा सत्यालले सुनाए ।
ब्राउन गोल्ड प्रोजेक्ट अन्तर्गतको आर्थिक सहयोगमा गुल्पर प्राजेक्टको रुपमा यो काम भएको बताइयो । यही मेशिनको बुधबार ब्रोन गोल्ड प्रोजेक्टको १६ जनाको एक टोलीले अवलोकनका लागि गएको थियो । अमेरिका, भारत, इथियोपिया, घाना र नेपालका प्रतिनिधि सदस्य रहेको टोलीले निरीक्षण गरेको हो । निरीक्षणको क्रममा कलेजमा स्वागत कार्यक्रम पनि भएको थियो । कार्यक्रममा कलेजका एसोसिएट प्रोफेसर सावित्री त्रिपाठीले स्वागत गरेकी थिइन् । कार्यक्रमको क्रममा सहरीकरण हुने क्षेत्रहरूमा गी्रड सेनिटेशनको पुनः कल्पना गर्दै यस अनुसन्धान परियोजना केन्द्रित रहेको बताइयो । कार्यक्रमपछि यसको डेमोष्टेशन (प्रदर्शनी) पनि गरिएको थियो ।
यो मेशिन सामान्य कवाडीबाट सामान संकलन गरेर बनाइएको बताइएको छ । मेशिनमा फलाम, डोरी, पुराना काम नलाग्ने टायरलगायतका सामानहरु प्रयोग गरिएका छन् । यसको सफल प्रयोग हुन सके देशका धेरै ग्रामीण भेगका जनतालाई सहयोग गर्ने विश्वास गरिएको छ । यो झण्डै तीन फिट अग्लो, दुईदुई फिट जति लम्वाई चौडाइको छ । (मेशिनको फोटो छ)
कार्यक्रममा नेकका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले समाजको हितमा गुणस्तरीय इन्जिनियर र प्रबन्धक उत्पादन गर्न प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा राष्ट्रको नेतृत्व गर्न नेक प्रतिबद्ध रहेको बताए । अनुसन्धान र आविष्कारका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थानहरूसँग सहकार्य गर्दै आएको पनि उनले स्मरण गरे । कलेजले जनाए अनुसार यसअघि कलेजका दुई जना स्नातकोत्तर विद्यार्थीले यस परियोजनामा संलग्न रहेर आफ्नो थेसिस पूरा गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...