भक्तपुरमा दसैं विधिपूर्वक सामान्य पुजामा सीमित गर्ने निर्णय
असोज २०, २०७७, मङ्गलबार | दिउँसो ०१:१८ बजे | 10
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको उपस्थितिमा नजिकिँदै गरेको बिजया दशमी (दशैं) को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठक मंगलबार बस्यो ।
बैठकले विजया दशमीको अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली नदिने र तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पुजामा मात्र सीमित गर्ने निर्णय ग¥यो ।
बैठकले विश्वव्यापी महामारीको रुपमा पैmलिरहेको कोरोना भाइरस (कोभिड–१९) को विषम अवस्थामा यस वर्षको विजया दशमी २०७७ को अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म भीडभाड नगरी औपचारिकतामा मात्र सीमित गर्न नगरबासीहरूलाई आव्हान गर्ने निर्णय ग¥यो ।
साथै उक्त बैठकले विजया दशमी २०७७ को घटस्थापनाको दिनदेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरूमा हुने मेला, पुजा र नवरातको समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरूमा नजानको लागि जनतालाई आह्वान गर्ने पनि निर्णय ग¥यो ।
बैठकले दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय ग¥यो ।