मोबाइल बैंकिग कि डिजिटल वालेट ?
कार्तिक १४, २०८०, मङ्गलबार | विहान ११:३७ बजे | 65
पहिले र अहिलेको हाम्रो दैनिक जीवनशैलीमा आकाश पातलको फरक देखिन थालेको छ । यसमध्ये वालेट र मोबाइल बैंकिग पनि एक हो । यसले हाम्रो दैनिक जीवनमा पैसा बोक्नुपर्ने बाध्यता हटाएको छ ।
अहिले अधिकांशको खल्तीमा पैसा हुँदैन । तर हरेकको मोबाइलमा वालेट वा मोबाइल बैकिंग डाउनलोड गरिएको हुन्छ । यी दुईटाले पैसा हराउने, चोरी हुने वा लुटपाट हुने जोखिमबाट मुक्त गराएको देखिन्छ सर्वसाधारणलाई । अहिले खाजा खान जाँदा, सपिंग, तरकारी किन्दा, बाहिर कतै जाँदा पैसा बोक्नुपर्दैन, मोबाइल एउटा बोके पुग्छ । यसले दैनिक जिवनलाई अधिक सहज बनाएको छ । यस दुईता मध्यपनि कसैले माबाइल बैकिंग प्रयोग गर्छन् भने कसैले डिजिटल वालेट । यी दुईता मध्य पनि अत्याधिक सहज र सुरक्षित कुन त ?
यस विषयमा नेपाल दुरसञ्चार नेपालका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल भन्छन्, दुईतामा एउटा यो चाहि राम्रो भन्न सकिँदैन । खनालले कुन प्रभावकारी हुन्छ छुट्याउनको लागि कारोबारको सुरक्षा, सेवा शुल्क र भरपर्दो र सर्वसुलभ कति छ ? यी तीनवटाले निर्धारण हुने बताउँछन् ।
कुैनमा कारोबार सुरक्षित छ तर सेवा शुल्क महंगो पर्न सक्छ, कुनैमा सेवा शुल्क न्युन छ तर कारोबारको सु्रक्षित नहुने, त्यस्तै कुनैमा कारोबार र सेवा शुल्क दुबै लाभदाकि तर सर्वुसुलभ नहुने यस्तो हुन सक्छ, उनले भने । कुनैमा बेलाबेलामा सर्भर डाउन हुने, कारोबार नहुने, लामो समय लाग्ने, ओटिपी जेनेरेट नहुने गर्छ ।
त्यसैले आफूलाई जुन सजिलो र भरपर्दो लाग्छ त्यो प्रयोग गर्न सकिने उनी सुनाउँछिन् । अर्को भनेको मोबाइल बैकिंगबाट सिधै कारोबार हुन्छ डिजिटल वालेटबाट बैंकको पैसा वालेटमा लोड गर्नुपर्छ यति मात्र फरक हो, उनी भन्छन् । त्यसैले अहिले मोबाइल बैकिंग र डिजिटल वालेट दुबै सुरक्षित र प्रभावकारी रहेको उनको भनाई छ । साथै अहिले ठूलो रकमको कारोबारको लागि बैकले कनेक्ट आइपिएस सुविधाले सस्तो दरमा कारोबार गर्न सकिने उनी बताउँछन् ।
त्यस्तै वरिष्ठ सुचना प्रविधि विज्ञ मनोहर भट्टराई खनालको भनाईमा सहमति जनाएका छन् । उनले सजिलो र सर्वसुलभ भएको कारणल दैनिक कारोबारका लागि डिजिटल वालेट र ठूलो रकमको लागि कनेक्ट आइपिएस प्रयोग गर्छु, उनले भने । अहिले दुबै सेवा सुरक्षित छन् थपे उनले । उनले यदि कुन अत्याधिक सुरक्षित वा भरपर्दो छ भन्ने थाहा पाउनको लागि नेपाल सरकारले यसको लागि नितिनियम टोक्नुपर्ने बताउँछन् । साथै बेलाबेलामा सुरक्षित कति छ भनेर जाँच गरेर सुरक्षाको स्तर निर्धारण गर्नुपर्ने उनी सुनाउँछन् । त्यसैले यी दुबैले एउटा छान्न भने सकिन्दैन ।
नेपालमा चालु डिजिटल वालेट
इसेवा, खल्ती, पेवेल, मोरु, आइएमई पे, प्रभु पे, सिजी पे, सेल पे, क्यू पे, आइ क्यास्, ड पैसा, इनेट पे ।
जोखिम
मोबाइल बेकिंग तथा डिजिटल वालेटमा ह्याक हुने जोखिम उत्तिकै रहेको विज्ञहरु बताउँछन् । यसमा डिजिटल वालेट वा मोबाइल बैकिंगले कुन सफ्टवेयर प्रयोग गरेको छ त्यसमा भरपर्छ ।