आज राति लाग्ने चन्द्रग्रहणबारे जानकारी ः देशैभरिबाट हेर्न सकिने


2023-10-28 11:19:36

News Image

ज्यो. पं. दिवाकर पन्त
आज अर्थात २०८० कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण रहेको छ । 
– ग्रहण शनिबार राति १ ः १९ मा आरम्भ हुने छ । ग्रहणको मध्य अवधि राति १ ः ५९ मा हुने छ भने ग्रहण राति २ ः ३८ मा सकिने छ । यो ग्रहण कुल १ घण्टा १९ मीनेट लाग्ने छ । 
– यस ग्रहणको सुतक आज शनिबार दिउँसो ४ ः २० बाट शूरु हुने छ । बालबालिका, बृद्धबृद्धा, रोगी, आतुर, अत्यावश्यक सेवामा संलग्नहरु, अपर्झट आइपर्ने अवस्थामा संलग्नहुनेहरु, राजसेवा तथा राजधर्ममा आवद्धहरु लगायतले सुतकको आरम्भबाट नै बार्नु पर्दैन।
– यस ग्रहण रातिको समयमा परेको हुँदा व्यावहारिक हिसावले शनिबार साँझ ७ ः १५ सम्म भोज गरिसकेर त्यसपछि भोजन नगर्नु व्यावहारिक हुन आउँछ । ग्रहणको पूर्ण बार्नेहरुले भने सुतकको अवधिदेखि नै बार्नु उचित हुन्छ ।
– ग्रहणको अवधिमा धार्मिक–आध्यात्मिक साधकहरुले भने निष्ठापूर्वक साधना गर्नु उपयुक्त हुन्छ ।
– आज कोजाग्रत पूर्णिमा परेको हुँदा विजयादशीको टीका कोजाग्रत पूर्णिमा दिनसम्म लगाउन मिल्ने भएकाले आज शनिबार बेलुकासम्मै धारण गर्न ग्रहणका कारण कुनै बाधा व्यवधान हुने छैन् । 
– दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्र
कमलादी, काठमाण्डौ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *