हाम्रो चाँंगु एप हस्तान्तरण
2023-10-27 05:18:45
भक्तपुर । जनताको काम छिटोछरिटो र विना झन्झट हुन सकोस् भन्ने पबित्र उद्देश्यका साथ चाँंगुनारायण नगरपालिकाले हाम्रो चाँंगु एप तयार गरेको छ । हेल्लो मेयरबाट अव सजिलै सुझाब तथा जानकारीको साथमा अव जनगुनासोसमेत यस एपबाट राख्न सकिनेछ ।
नगरपालिकाका आगामी कार्यक्रम तथा गतिविधिहरु जान्न चाहेमा यही एपबाट जानकारी लिन सकिने जनाइएको छ । डिजिटल प्रोफाइल, आकस्मिक सेवा, स्थानीय राजपत्र, समाचार, सूचना पनि यही एपबाट लिन सकिने वन्दोवस्त गरिएको छ ।
चाँंगुनारायण नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत सचिन न्यौपानेले यो एप स्थानीयलाई हस्तान्तरण गर्नुभएको हो । चाँंगुनारायण नगरपालिकाको यो कार्यप्रति स्थानीय जनताले खुशी व्यक्त गरेका छन् । यसरी नै देशभरका नगर तथा गाउँंपालिकाहरुले यस्ता सेवा सुविधा जनतामाझ पुयाउन सकेको खण्डमा वान्छनीय हुने देखिन्छ ।
शाखा प्रमुखहरु, वडा सचिवहरु र कर्मचारीहरुलाई तालिम दिए लगतै यो सेवा सुचारु हुने जनाइएको छ ।
प्रतिक्रिया