असहाय रेडक्रसकर्मीलाई निःशुल्क उपचार


असोज २९, २०८०, सोमबार | विहान ०८:१३ बजे | 40


असहाय रेडक्रसकर्मीलाई निःशुल्क उपचार

मध्यपुर थिमि– मध्यपुर थिमि नपा वडा नं. ३ कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल हस्पीटलले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा बीच सहुलियत दरमा स्तरिय स्वास्थ्य उपचार सेवाको सम्झौता गरेको छ ।
अस्पतालका अध्यक्ष्ँ ज्ञानकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसइटी मध्यपुर थिमि उपशाखा अन्तर्गतका सदस्यहरु, कर्मचारी र उनका परिवारहरुको सहुलियत स्वास्थ्य सेवा प्रदान गर्न दुबै संस्था बीच सम्झौता भएको हो ।
अस्पतालको तर्फबाट अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले हस्ताक्षर गरिएको उक्त सम्झौता पत्रमा २२ प्रकारको स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गरिने उख्खले गरिएको छ । उक्त सम्झौता अनुसार अस्पतालले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा अन्तर्गका कुनै पनि जेष्ठ नागरिक सदस्य वा असाय अर्थात आर्थिक रुपमा कमजोर छन् भने उनीहरुलाई निःशुल्क उपचार गर्ने अस्पतालका अध्यक्ष्ँ ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाका सदस्यहरु, कर्मचारी र उनका परिवारहरुलाई सहज, सुलभ र सहुलियत उपचार सेवाको लागि अन्त कतै भौतारिनु नपर्ने गरी सेवा सुविधा दिन भक्तपुर इन्टरनेशल हस्पीटलले रेडक्रसको प्रस्तावलाई सहर्ष स्वीकार्नु भएकोले सदस्यहरुको हितलाई मध्यनजर गर्दै यो सम्झौता गरेका उपशाखा सभापति बाबुकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यसरी सदस्यहरुका लागि सुविधान प्रदान गर्ने कार्य मध्यपुर थिमि उपशाखाको ऐतिहासिक भएको पनि बताउनुभयो ।
कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख रामकुमार श्रेष्ठले स्वागत गर्नु भएको थियो भने उपशाखाको तर्फबाट उपसभापति सविना श्रेष्ठ, सचिव जीवन श्रेष्ठ, कोषाध्यक्ष्ँ काशीभक्त कायस्थ, उपसचिव सुशिला श्रेष्ठ, सहकोषाध्यक्ष श्रीराम श्रेष्ठ, सदस्यहरुमा लक्ष्मीकेशरी श्रेष्ठ र कन्यामन्दिर प्रजापति उपस्थित रहनु भएको थियो ।
सम्झौता पश्चात नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको तर्फबाट अस्पताललाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

Comments