दशै बिदामा गरे राम्रो हुने सात कार्यहरू


असोज २८, २०८०, आइतबार | दिउँसो १२:५३ बजे | 35


दशै बिदामा गरे राम्रो हुने सात कार्यहरू

तुल्सीहरि प्रजापति
दशैंः नेपाली हिन्दु धर्मावलम्बीहरू मात्रको एक महान चाड हो । असत्यमाथि सत्यको अनि अन्यायमाथि न्यायको बिजयको प्रतिकको रुपमा हर्षोल्लासपूर्ण ढंगले मनाईने यो मौलिक पर्वले बहुआयमिक महत्व बोकेको छ । सरकारी, निजी तथा सहकारी संस्थाहरूमा वर्षभरिकै सबैभन्दा लामो बिदा हुने यो चाड वास्तवमै सर्वप्रिय पर्व पनि हो । बिशेष रुपमा आफ्नो ब्यक्तिगत एवम् पारिवारिक पुनर्ताजगीको लागि नियमित ब्यावसायिक कार्यबाट केही दिनको लागि बिश्राम पाईने भएकोले पनि यो पर्व अर्थपूर्ण छ । 
तर अफसोचको कुरो, लगभग एक हप्ता दिनदेखि एक महिनासम्म बिदा हुने यो पर्वको बिदा सदुपयोगभन्दा पनि बढी दुरुपयोग भएको पाईन्छ । नेपालीहरूले उत्पादनशील कार्यमा भन्दा पनि बढी समय अनुत्पादनशील कार्यमा व्यतीत गरेको पाईएको छ । फलस्वरुप, धेरैको लागि दशैं पुर्वार्धमा दशैं जस्तो भए पनि उत्तरार्धमा दशा जस्तो हुने र पश्चात्ताप गर्ने गरेको पाईन्छ । 
अतः, दशैं बिदालाई उत्पादशील बनाई जीवनलाई अर्थपूर्ण बनाउन के–के कार्यहरू गर्दा अत्योत्तम हुन्छ भन्ने सन्दर्भमा यहाँ एउटा बिशेष सुत्र दिने चेष्टा गरिएको छ । उक्त सुत्रको स्रोत दशैं भन्ने शब्द नै हो । दशैंको अंग्रेजी शब्द ‘म्ब्क्ज्ब्क्ष्ल्’ का सात अक्षरहरूबाट शुरु हुने सात ओटा कार्यहरू नै हुन् जसले दशैं बिदालाई सार्थक एवम् गुणस्तरीय बनाउने अभियानको प्रारुप दिन्छन् । 
सात महत्वपूर्ण कार्यहरूः
म् को अर्थ म्ष्भत (भोजन), ब् को अर्थ ब्mगकझभलत (मनोरञ्जन), क् को अर्थ क्तगमथ (अध्ययन), ज् को ज्बचmयलथ (सद्भाव), ब् को अर्थ ब्चत (कला), क्ष् को अर्थ क्ष्ललयखबतष्यल (प्रवर्तन) र ल् को अर्थ  (प्रकृति–भ्रमण) ।
१. (भोजन)ः 
नेपाली समाजमा दशैंको पर्यायवाची मिठो परिकार विशेषगरी मासु र बिदेशी पेय पदार्थहरू हुन पुगेको छ । चिल्लो– चिप्लो, पिरो तथा मसालेदार परिकार तथा अत्यधिक मद्यपान स्वास्थ्यको लागि हानिकारक छ । खानासँग ब्यायामको पनि सन्तुलन कायम गर्न अति आवश्यक छ । “जस्तो अन्न त्यस्तै मन” भन्ने सत्यलाई पनि कदापि बिर्सनु हुन्न । अतः दशैं अवधिभर स्वस्थकर खाद्यपदार्थ मात्र खाऔं । दशैं बिदा सदुपयोग गर्ने यो पहिलो उपाय हो । 
२. (मनोरञ्जन)ः
दशैंको अर्को सबल पक्ष भनेको मनोरञ्जन हो । जुवा–तास खेल्ने, अनियन्त्रित हुनेगरी पिएर नाचगान गर्ने, अनावश्यक हो–हल्ला गर्ने तथा अस्वस्थ प्रतिस्पर्धा गर्ने जस्ता भद्दा मनोरञ्जन पनि वास्तवमै निन्दनीय कार्यहरू हुन् । विभिन्न रचनात्मक खेलहरू खेल्ने, पिङ् तथा चङ्गा चेट जस्ता मौलिक कृयाकलापहरूमा रमाउने कार्य दशैं बिदा सदुपयोग गर्ने दोस्रो उपाय हो । साथै, आफ्नो ईच्छा अनुसारका गीत–संगीत सुनेर तथा फिल्महरू हेरेर पनि स्वस्थ मनोरञ्जन लिन सकिन्छ । क्षणभरको मज्जा, जिन्दगीभरको सजायँ भने जस्तै कुलत तथा कुसंगतबाट सधैं टाढा रहनु श्रेयस्कर हुन्छ । 
३. (अध्ययन)ः 
दशैं बिदा सदुपयोगको तेस्रो उपाय हो, अध्ययन । मिष्ठान भोजनसँगै मिष्ठान अध्ययन अनि मनोरञ्जनसँगै मनोमञ्जन गर्न सके सुनौलो भविष्यसँगै सुन्दर जीवन अवश्यम्भावी हुन्छ । लामो बिदा सदुपयोगको योजनामा अध्ययन हुनु अनिवार्य छ । समय मिलाएर दिनको केही घण्टा पुस्तक पढ्ने तथा शैक्षिक चलचित्रहरू हेरेर पनि ज्ञान तथा सीपहरू सिक्न सकिन्छ । 
४. (सद्भाव)ः
दशैं एक सद्भावपूर्ण पर्व पनि हो । घर–गाऊँबाट पर–गाऊँ गएका तथा घरदेशबाट परदेश पुगेका आफन्तजन एवम् प्रियजनसँग कमसेकम वर्षको एकैपटक सही भेटघाट गर्ने, सम्बन्ध नवीकरण गर्ने, सुख–दुःख साटासाट गर्ने तथा सद्भाव कायम गर्ने कार्य मानवको उच्च कोटीका कार्यहरू हुन् । त्यसैगरी, साथीभाइ तथा ईष्टमित्रहरूसँग पनि भेटघाट र छलफल गरी पारिवारिक तथा सामाजिक सद्भाव बृद्धि गर्ने कार्यमा योगदान दिन प्रयासरत रहनु दशैं बिदा सदुपयोग गर्ने चौथो उपाय हो । 
५. (कला)ः
जसरी हरेक बोटमा औषधीय गुण हुन्छ, त्यसरी नै हरेक मानिसमा कुनै न कुनै कला अवश्य हुन्छ । त्यही कला पहिचान गर्नु, पहिचान भएका कलाको निरन्तरता दिनु र निरन्तरता पाएका कलालाई उचाइमा पु¥याउनु नै दशैं बिदा सदुपयोग गर्ने पाँचौँ उपाय हो । गायनकला, वाद्यवादनकला, नृत्यकला, चित्रकला, वास्तुकला, शिल्पकला, साहित्य–सिर्जनाकला, खेलकुद कला आदिमा आफूलाई समर्पित गर्नु बुद्धिमानी मात्र होईन विवेकशील हुनुको पनि प्रमाण हो । 
६. (प्रवर्तन)ः
मानिसको स्वभाव नै नव–प्रवर्तन हो । नयाँ सोच, नयाँ परियोजना कार्य तथा नयाँ अभियानबारे पनि गम्भीर भएर सोच्नु दशैं बिदाको छैठौँ सटिक उपाय हो । जसले नयाँ सोच्दछ, ऊ कहिल्यैँ बुढो हुँदैन । कुनै पनि विधामा नयाँ सोच्न, गर्न तथा बन्न सबैलाई छुट छ । यो सु–अवसर प्राप्त गर्ने कार्यको लागि सबैभन्दा उपयुक्त समय भन्नु नै दशैं बिदा हो । 
७. (प्रकृति–भ्रमण)ः
पञ्चतत्वबाट निर्मित मानिसको नश्वर शरीर अन्त्यमा पञ्चतत्वमै बिलिन हुनु प्राकृतिक नियम हो । अतः, यिनै पाँच तत्वहरूसँग शरीरलाई एकाकार गर्ने जिम्मेवारी हरेक मानिसको हो । यसको लागि सबैभन्दा उत्तम बिकल्प प्रकृति भ्रमण हो । प्रकृति भ्रमणअन्तर्गत नदीनाला, डाँडाकाँडा, तालतलैया, बनजंगल, हिमाल, जस्ता प्राकृतिक छट्टाहरूको साक्षात्कार गर्नुपर्दछ । वातावरणीय दृष्टिले पनि दशैं एउटा सफा एवम् सुन्दर पर्वमध्येको एक हो । 
उपर्युक्त सातै ओटा महत्वपूर्ण कार्यहरू सन्तुलित एवम् व्यवस्थित तवरले सम्पादन गर्ने शक्ति श्री दुर्गा–भवानी माताले सबैलाई प्रदान गरुन् भनी देश–विदेशमा रहनुभएका समस्त हिन्दु धर्मावलम्बीहरूमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना ⁄  
लेखक तुल्सीहरि प्रजापति, शिक्षक तथा प्रशिक्षक हुन् । 

Comments