आविष्कारहरू मानव जगतको हितको निम्ति मात्र नभई संहारकका रूपमा पनि उपयोग हुदै
असोज २४, २०८०, बुधबार | विहान ०६:३० बजे | 60
नारायणमान बिजुक्छें (रोहित), अध्यक्ष नेमकिपा
कम्प्युटर, विद्युत, विद्युतीय वस्तुहरू र वर्तमान सूचना प्रविधिहरूको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनाको निम्ति ख्वप इञ्जिनियरिङ कलेज र कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा हु“दै गरेको भेलाको निम्ति आफू पनि सहभागी हुने अवसरको निम्ति दुवै कलेजका आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।
सहभागी सबै देश र विदेशका कलेज–विश्वविद्यालयहरू तथा संघ–संस्थाहरूस“ग सम्बन्धित सहभागी मित्रहरूलाई भक्तपुर, नेपालको एक जिम्मेवार नागरिकहरूको तर्फबाट स्वागत गर्दै प्रस्तुति र छलफलबाट एक महŒवपूर्ण प्राविधिक निष्कर्षहरूमा पुग्नेबारे शुभकामना दिन चाहन्छु ।
इन्टरनेट, कम्प्युटर, विद्युतीय सामग्रीहरू एवं नव सञ्चार व्यवस्थाको कारण संसारले व्यवहार र विचारमा एक गाउ“ र परिवारको रूप लि“दैछ ।
केही वर्ष पहिलेसम्म टाढाका महादेशहरूका समाचारहरू त्यसै रात टिभी र रेडियोबाट थाहापाउ“थ्यौ“, तर आज कम्प्युटर र मोबाइल इन्टरनेटको उपलब्धताले हरेक क्षणका घटनाको समाचारहरू र जानकारीहरू तत्कालै पाउने गर्छौँ।
सञ्चार र प्रविधिको कारण गत कोरोना–कालको हाहाकारको समयमै अभौतिक रूपमा भएका अन्तर्राष्ट्रिय सेमिनार, सम्मेलन र जानकारीहरूको आदान प्रदान एवं छलफलहरूबाट विज्ञान र प्रविधिको नया“ युगको प्रत्यक्ष अनुभव हामीले गर्यौँ।
तर व्यापार र व्यवसायस“ग नजिकको मोबाइल तथा कम्प्युटर लगायत सूचना प्रविधिको जुन तेज गतिले संसारमा प्रचार र उपयोग शुरु भयो आज “अटोमेशन्” (ब्गतयmबतष्यल) अर्थात् स्वयंचालित उपभोग्य वस्तु र उपकरणहरू मात्रै होइन कृत्रिम बौद्धितका अर्थात् ब्क्ष् बारे पनि ठूलो छलफल व्यापक रूपमा चल्दैछ ।
आविष्कारहरू निश्चय पनि विस्मयकारी छन् र मानव जातिको बौद्धिक शक्तिको उदाहरण पनि हो । तर, सबै आविष्कारहरू मानव जगतको हितको निम्ति मात्र नभई मानव जगतको संहारकका रूपमा पनि उपयोग हु“दैछ । एक महाशक्तिले प्रयोग गर्ने जैविक, आणविक र रासायनिक हतियारको प्रयोगले वर्तमान मानव समाजको मात्र होइन निर्दोष भविष्यका मानव जाति पनि त्यसको नकारात्मक र विकराल परिणाम भोग्न बाध्य हुन्छ । यसकारण, अनेक विनाशक हातहतियारको उत्पादन र प्रयोगमा समेत सीमाबद्धताको आशा संसारले गर्दैछ ।
तर जो सबभन्दा बढी जिम्मेवार हुनुपर्ने शक्तिशाली पक्ष छ, उसैको निरंकुश चरित्रको कारण जसरी अविष्कारको नकारात्मक पक्षबाट मानव जाति आक्रान्त छ त्यस्तै कृत्रिम बौदिकताको बढ्दै गरेको चमत्कारिक सम्भावित सफलताको नकारात्मक परिणामहरूबारे सधै“ चिन्तित हुनु विवेक र भविष्यप्रतिको जिम्मेवारीबोध मान्नु उचित हुन्छ ।
इतिहासका घटनाहरूले मानिसलाई सधै“ झस्काई रहन्छन् । हिरोसिमा र नागासाकीमा सा“च्चै अकल्पनीय कदम चाल्नु विवेकपूर्ण थियो त ? यस्तै १९५० देखि ५३ को कोरिया युद्धमा जीवाणुको प्रयोग र भियतनाम युद्धमा रसायनिक हतियारको प्रयोग के मानवीय थियो त ?
निश्चय पनि शक्ति एकै ठाउ“मा केन्द्रित भएर टिग्रीस् र युफ्रेटस् नदीले सिञ्चित मेसोपोटामियाली वा इराकी सभ्यता म्हासिने सम्भावनाले के संसारको मन र मस्तिष्कलाई हल्लाएन ?
त्यस्तै उत्पादनका साधन, खनिज तेल खानीलाई निजीकरण नगरेर तथा अनेक लोक–कल्याणकारी शिक्षा, स्वास्थ्य र सामाजिक बन्दोबस्ततिर उन्मुख लिबियामाथि भएको शक्तिको दुष्प्रयोगले सबैलाई शक्ति एकै ठाउ“मा केन्द्रित संसार त्रासदीपुर्ण हुन्छ भन्नेमा सचेत पार्दै छ ।
यसकारण संसारमा तापमानको वृद्धिबाट भइरहेको युद्धपरिणाम र संयुक्त राष्ट्रसंघले हत्या, हिंसा, युद्ध, वनमा लाग्दै गरेको डढेलो, आ“धी–बेहरी आदि प्रकोपलाई समयमै रोक्न नसकिरहेको तथा एकै अतिशक्ति राष्ट्रको अनियन्त्रित थिचोमिचो र निरंकुश निर्णयहरूमा प्रभाव पार्न नसक्दा विश्व सन्तापबाट प्रताडित छ ।
हाम्रा यस्ता आधुनिक अविष्कार, कम्प्युटर, विद्युतीय स्वचालित सामान र सूचना प्रविधिको निम्ति गरिने छलफल निश्चय पनि कृत्रिम बौद्धिकताबाट हुने सकारात्मक र नकारात्मक परिणाम तथा नकारात्मक परिणामलाई नियन्त्रण वा निस्तेज पार्ने विषयहरूमा समेत सहभागीहरूको चासो र चिन्तन हुनु समयको निम्ति समीचीन हुने आशा गर्दछु ।
अन्तमापुनःकार्यक्रमको पूर्ण सफलताको कामनागर्दछु, धन्यवाद ¤
(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०८० असोज २४ गते “कम्प्यूटर, विद्युत, सञ्चार प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२३” को उद्घाटन समारोहमा प्रमुख अतिथि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ द्वारा व्यक्त मन्तव्य)