विशाल हृदय


असोज २२, २०८०, सोमबार | विहान ०९:२३ बजे | 25


विशाल हृदय

तुल्सी नारायण लाखेमरु
दुई आँखा दुई सन्तान ईश्वरको वर्दान भन्छन् । स–साना नानीहरु भएको घर देवतो प्राप्त भएको मन्दिर भन्छन् । समय समयमा आउने पूर्णीमा, एकादशी समय साक्षर आफ्नो घरको मात्र नभनी देशको टेवा पु¥याउने काम गर्ने गरिन्छ । भगवानको आरधणा र बर्त बस्छन् । मेरो श्रीमान र बच्चाहरुको आयु लामो होस् दिर्घायु होस् भन्छन् । भने जस्तो देशको आयु दिर्घायु होस् भन्न चाहन्छु । मेरो श्रीमानले पनि रक्सी खान्छन् जहाँ तही जान्छन् जे पनि खान्छन् । रक्सीको दुर्गन्ध आए जस्तै देश नै दुर्गधिन्त बनाए । नदि नाला बेच्ने, उद्योगहरु बन्ध गर्ने, नागरिकता विधयेक पास गन्र्छन्, एम.सि.सि पास गर्छन् । म सोच्छु एक दिन एक रात मात्र बाचेको मान्छे ठान्छु् । अर्काे दिन म मेरोको ठान्छु । स्वार्थीमा लागेर अहिलेको राजनितिमा कांग्रेस, एमाले, माओवादिले गर्दा देशै रहने होकी होइन । कुकुर झगडा गर्छन, माछा माछा भनेर जाल हानेको झ्यागुतो परेछ असल उम्मेदवार भनेर भोट हालेको एम.एम.सि मा परेछ । के गर्ने विजय संगारमा हासेको सपना परे जस्ते भएछ । निधारमा टिका लगाएको पनि आखिर गाला मै परेछ । रिसको आवेगमा हानेको नेपाल आमा कै छातीमा परेछ । आज अलि थाहा भयो गरिवको चमेली बोल दिने कोही छैन । गर्नुपर्ने काम गर्दैनन् एम.सि.सि. पास गर्छन । चन्द्र सूर्य अंकित झण्डा शिक्षा क्षेत्र यस्तै छ । ख्वप विश्व विद्यालय स्विकृति कहिल्यै पाउदैन । रात भरि पढ्ने विद्यार्थीहरुलाई सस्तो सुलभ पढ्न पाउदैनन् । आफ्नो विद्यार्थी पाहड, हिमाल र तराईको विद्यार्थीलाई ख्वप विश्व विद्यालय देख्न पाउदैनन् । पैसा हुनेले ४०–५० लाख तिरेर कलेजमा पढ्छन् । नाच्छन्, गाउछन्, हास्छन् नहुनेले कहाँ पढ्छन् । हुनेको १० वटा विद्यालय नहुनेलाई ख्वप विश्व विद्यालय । तर पनि अनुमति दिदैनन् । नहुने कहाँ पढ्छन् । नहुने शिक्षाबाट बञ्चित हुन्छन् । यस्तो अख्तियारको आँखा किन जादैनन् । गरिवले पढ्न पाउदैनन्, हास्न पाउदैनन् , खाना पनि खान पाउदैनन्, राम्रो गुरु पनि पाउदैनन् । आमा बुवाहरुले पनि पैसाको कारणले शिक्षाको खुड्किलो चढ्न पाएन । प्रजातन्त्र आए पनि, लोकतन्त्र आए पनि हजार पल्ट तपस्या गर्दा पनि ख्वप विश्व विद्यालयमा बस्न पाउदैनन् । शिक्षाको ज्योति घामबाट बञ्चित नहोस् भन्छन् तर व्यवहारमा गरिवको चमेली बोली दिने कोही छैन । दुई दशक भैसक्यो कस्तो लोकतन्त्र कस्तो प्रजातन्त्र । हावा पानी घाम सबैलाई त्यति नै चाहिन्छ । त्यसमा बदमासी गर्न हुदैन । विशाल हृदयको आत्मीयता हुन पर्छ । अनि पो प्रजातन्त्रको साहनुभुती हुन्छ । शासक वर्गको अस्तित्व रहन्छ । विवेक विचार भनेको अपरम्पार छ । त्यसैले चन्द्र शम्शेर शिक्षाको बोट भनेर चिनीयो । उहाँ कै नामबाट प्रत्यक विद्यार्थीको जन जनमा छ । शिक्षा अनमोल छ ।

Comments