भव्यताकासाथ सकियो श्वेत भैरब बचतको साधारणसभा


असोज २०, २०८०, शनिबार | दिउँसो १२:४६ बजे | 55


भव्यताकासाथ सकियो श्वेत भैरब बचतको साधारणसभा

भक्तपुर । श्वेत भैरब बचत तथा श्रृण सहकारी संस्था लिमिटेड जेंला भक्तपुरको १६ औ साधारणसभा शनिबार वल्र्ड दरवार बैक्वेट लिवालि भक्तपुरमा भव्यताकासाथ सम्पन्न भयो । साधारणसभाको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले गरे । 
कार्यक्रममा उनले सहकारी सानाका लागि हुनुपर्ने बताए । अझ भक्तपुरको सन्दर्भमा सहकारीहरु किसानका लागि हुनुपर्नेमा उनले जोड दिए । सहकारी भनेको किसानको हितका लागि, किसानको काम आउने हुनुपर्ने उनको भनाई थियो । पैसाको मात्रै कारोबार गर्ने भए त बैंकहरु भएको उनको भर्नाइ थियो । 
विजुक्छेंले सहकारी संस्थाहरुले गरिव किसानको पक्षका लागि उनीहरुलाई श्रृण दिने, तालिम दिने, कृषिमा देखिएका समस्याहरु समाधानका लागि हुनुपर्ने भनाई राखे । कृषिप्रधान देशमा कृषि सहकारीहरुको बिशेष महत्व हुने भन्दै उनले कृषिलाई उपेक्षा भएकोमा चिन्ता व्यक्त गरे । अहिले पनि सहकारीको नाममा ठूलावडाले नै राज गरिरहेको भन्दै उनले विदेशमा भए धनी वर्गलाई सहकारीको सदस्य नै नबनाउने बताए । 
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजू, समाजसेवी एवं पूर्व प्रधानाध्यापक लक्ष्मीनारायण दुवाल, संस्थापक अध्यक्ष नातिभाइ ह्योम्वा, पूर्व वडा अध्यक्ष महेन्द्र खायमलीलगायतले सहकारीका विविध पक्षबारे चर्चा गरेका थिए । उदघाटन समारोहकोवीचवीचमा विभिन्न गीतसंगीत तथा नृत्यले मनोरञ्जन दिलाइएको थियो । कार्यक्रममा सहकारीमा दुई हजार भन्दा वढी सदस्य रहेको बताइयो ।  

फाेटाेमा हेर्नुहाेस्...

भव्यताकासाथ सकियो श्वेत भैरब बचतको साधारणसभा
भव्यताकासाथ सकियो श्वेत भैरब बचतको साधारणसभा
भव्यताकासाथ सकियो श्वेत भैरब बचतको साधारणसभा

Comments

ताजा खबर