एकहप्ते सिप विकास तालिम सुरु


असोज १७, २०८०, बुधबार | दिउँसो १२:०८ बजे | 25


एकहप्ते सिप विकास तालिम सुरु

मध्यपुर थिमि । मध्यपुर थिमि नपा ६ चपाचो (गार्चा) मा सात दिने जरीमाला बनाउने तालिम सुरु भएको छ । ऊर्जा र वातावरणको लागि महिला सञ्जालले आयोजना गरेको उक्त तालिमको पूर्व मन्त्री एवं पूर्व सांसद महेश बस्नेतले उद्घाटन गर्नुभयो । मानवीय आस्था नेपालको सहकार्यमा भएको उक्त तालिममा मध्यपुर थिमि नपा ४ देखि ९ सम्मका ३० जना महिलाहरुको सहभागीता रहेको उक्त कार्यक्रमकी संयोजक रती थापा श्रेष्ठले जानकारी दिनुभयो । मायादेवी उप्रेतीले प्रमुख प्रशिक्षण र चन्दा खड्काले सहायक प्रशिक्षण प्रदान गर्दै आउनु भएको उक्त तालिम प्श्चात सहभागीहरुले रोजगारी पाउने र घरमै बसेर पनि प्रशस्त आम्दानी गर्न सकिने प्रशिक्षक उप्रेतीले दावि गर्नुभयो । विवाह व्रतवन्ध लगायतका देवकार्यहरुमा लगाइने दुबो लगायतका मालामा जरी मिसाएर वा जरी लगायतका अन्य सामान प्रयोग गरेर माला बनाउने प्रचलन पछिल्लो समयमा बढेदै गएको र विशेषत महिलाहरुले आफ्नो घरमा बसेर माला बनाइ बिक्री वितरण गर्दा राम्रो आम्दानी हुने भएकोले आत्मनिर्भर बन्न उक्त तालिम आयोजना गरेका मानवीय आस्था नेपालकी महासचिव उत्तरा नेपाल जानकारी दिनुभयो । उक्त माला बनाउने तालिममा रेश्मा प्रजापति चक्रधर लगायत स्थानीय महिलाहरुको महत्वपूर्ण भूमिका रहेको कार्यक्रम संयोजक रती थापा श्रेष्ठले बताउनु भयो । उद्घाटन कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, मथिनपाका पूर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, चाणक्य कलेजका अध्यक्ष एवं राजनितिज्ञ चन्दनकृष्ण श्रेष्ठ, मथिनपा वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, मानवअधिकार ऐलाइन्स् भक्तपुरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, महिला नेतृहरु उत्तरा नेपाल, रती थापा श्रेष्ठ लगायतले शुभकामना दिँदै तालिममा सिकेको सिप र ज्ञान व्यवहारमा लागु गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । असोज १६ गते सुरु भएको उक्त सिप विकास तालिम प्रत्येक दिन दुई घण्टा सञ्चालन भईरहेको छ । 

Comments