कमलबिनायकमा बजार अनुगमन ः लेबल नभएका सामानहरु धेरै


असोज १६, २०८०, मङ्गलबार | दिउँसो १२:४९ बजे | 45


कमलबिनायकमा बजार अनुगमन ः लेबल नभएका सामानहरु धेरै

भक्तपुर, १६ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको मिनिमार्ट र खाद्य पसल मंगलबार अनुगमन गरियो । अनुगमनमा लेवल नभएको सामानहरु धेरै भेटाएको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा सर्वशुलभ उपभोक्ता सहकारी मिनिमार्टमा प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न र म्याद नाघेको सामानहरु पोटाटो चिप्स १ पाकेट र हिमालय रिफ्रेस १ वटा जफत गरी नष्ट गरियो । 
शिवम् ओम सप्लायर्समा प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, पसल नविकरण गर्न, मुल्य सुचि राख्न र सबै खाद्य अनुज्ञा पत्र विना प्याकेजिड्ड सामानहरु सबै भएकोले तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो । 
एस एण्ड एस स्टोर नविकरण गर्न, म्याद नाघेको सामानहरु दत्तात्रय खाद्य उद्योगको सोया वडी मस्यौडा १४ पाकेट, पूर्णीमा भुजिया ७ बोरा, एस के खाद्य उद्योगको लोकल टाईचिन चिउरा १३ बोरा, मोहन टे«डस्को मस्त मस्त काउली चाना १ बोरा, केशव भोग बेशन १ पाकेट, डाईजेष्टिभ विस्कुट १ पाकेट, तेल साढे चार लिटर जफत गरी दत्तात्रय खाद्य उद्योग, मोहन टे«डस् र लोकल टाइचिन चिउरा उद्योगका प्रोपाइटरलाई समेत उपस्थित गराउन समेत निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । 
ओम ज्योति किरानामा मुल्य सुचि राख्न, पसल सफा र व्यवस्थित गर्न, म्याद नाघेको प्रजापति सुन्दर खाद्य उद्योगको टाईचिन चिउरा ७ बोरा, मोहन टे«डस्को मस्त मस्त काउली चाना १ बोरा, मस्याङ १ बोरा जफत गरी नष्ट गरियो भने पसल दर्ता प्रमाणपत्र पसलमा नभएकोले प्रमाणपत्र लिएर तीन दिन भित्र कार्यालय उपस्थित हुन निर्देशन दियो । 
बद्री नारायण मानन्धरको किराना पसल नविकरण गर्न, मुल्य सुचि व्यवस्थित गरी राख्न, गोदाम सफा र व्यवस्थित गर्न निर्देशन दियो ।
 अनुगमन समितिका सदस्यहरु कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, राशनमैया सुवाल, रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बिकास श्रेष्ठ, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

कमलबिनायकमा बजार अनुगमन ः लेबल नभएका सामानहरु धेरै

Comments